अविनाश चौधरीधनगढी, वैशाख १९ गते । अग्निपीडित कैलालीको कैलारी गाउँपालिका–७ विपतपुरवासी मुक्त कमैयाको घर सुदूरपश्चिम प्रदेश सरकारले बनाउने प्रतिबद्धता जनाएको छ । प्रदेश सरकारले मुख्यमन्त्री एकीकृत बस्ती विकास कार्यक्रम अन्तर्गत अग्निपीडित मुक्त कमैयाको घर बनाउने भएको हो । गएको आइतबार गहुँको नालमा लागेको आगो सल्केर मुक्त कमैयाको घर जलेको थियो ।आगलागी भएको विपतपुर बस्तीको अनुगमन गर्नुहुँदै प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आगलागी पीडित मुक्त कमैयाका घर प्रदेश सरकारले निर्माण गर्ने प्रतिबद्धता जनाउनुभयो । मुख्यमन्त्री एकीकृत बस्ती विकास कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्षमा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण गरेर अग्निपीडित मुक्त कमैयाको घर निर्माण गरिने बताउनुभएको छ । प्रदेश सरकारले विपन्न समुदाय र वर्गका परिवारका लागि एकीकृत बस्ती विकास कार्यक्रम अन्तर्गत घर निर्माण गर्दैआएको छ । आगलागीबाट पूर्ण क्षति भएका घरपरिवारलाई प्रदेश सरकारले तत्काल प्रतिपरिवारलाई ५० हजार रुपियाँ राहत दिने प्रतिबद्धता जनाएको छ । यसैगरी, निःशुल्क रुपमा धानको बीउ र तत्काललाई घर बनाउन निःशुल्क काठ पनि उपलब्ध गराइने भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनीता चौधरीले बताउनुभयो । सो बस्तीका मुक्त कमैयाले लालपुर्जा नपाएकाले प्रदेश सरकारले लालपुर्जासहित घर निर्माण गरेर हस्तान्तरण गर्ने जानकारी दिनुभयो । ‘सरकारले यसै ठाउँको लालपुर्जासहित घर निर्माण गरेर हस्तान्तरण गर्नेछ’, उहाँले भन्नुभयो । वैशाख ११ गते दिउँसो विपतपुर मुक्त कमैया बस्तीमा आगलागी भएको थियो । आगलागीबाट पूर्ण, आंशिक गरी ७१ घरमा क्षति भएको छ । सो गाउँका भलमन्सा हिङ्गु चौधरीका अनुसार आगलागीबाट २७ घर पूर्ण रुपमा जलेर खरानी भएको छ । १२ घर आंशिक रुपमा जलेका र आगलागीबाट जोगाउन डोजरले संरचना हटाउँदा ३२ घरमा आंशिक क्षति भएको छ । पूर्ण र आंशिक रुपमा घर जलेका मुक्त कमैयाको खाद्यान्न, लत्ताकपडा, नगद, गरगहना, कृषि उपकरण जलेर नष्ट भएको छ । यस्तै, केही परिवारका पशु चौपाया पनि मरेका छन् ।
गृह मन्त्रालयले नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक धीरज प्रताप सिंह र सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याललाई दर्ज्यानी चिह्न प्रदान गरेको छ।
स्थानीय तहको निर्वाचनमा देशभरिबाट एक लाख ४५ हजार २२३ ले उम्मेदवारी दिएका छन् । तीमध्ये ३५ हजार २२१ जना निर्वाचित हुनेछन् । निर्विरोध निर्वाचित भइसकेहरूको निर्वाचन आयोगले आधिकारिक तथ्याङ्क सार्वजनिक गर्न बाँकी छ । देशभरिका ७५३ स्थानीय तहका जनप्रतिनिधि छनोट गर्न एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाताले मताधिकारको प्रयोग गर्नेछन् ।
बलिउड अभिनेता अजय देवगनले फेरि एक पटक चलचित्र ‘रनवे ३४’ बाट आफ्नो निर्देशकीय क्षमता देखाएका छन् । चलचित्रको कथा सन् २०१५ मा दोहाबाट कोचिन आउँदै गरेको जेट एयरवेजको विमानसँग भएको सत्य घटनामा आधारित छ । एउटा पाइलटले खराब मौसम हुँदाहुँदै पनि कसरी जोखिम उठाएर यात्रुहरूको बचाव गर्छन् भन्ने कुरा चलचित्रमा देखाइएको छ ।
पेट्रोलियम पदार्थमा लगाइएको प्रदूषण शुल्कबापत साढे १५ अर्ब रुपियाँ सङ्कलन भएको छ ।आव २०६५-६६ देखि सरकारले पेट्रोलियम पदार्थमा प्रदूषण शुल्क शीर्षकमा कर लगाउँदै आएको छ । सो अवधिदेखि हालसम्म १५ अर्ब ६३ करोड ७३ लाख ३६ हजार ९१८ रुपियाँ सङ्कलन भएको नेपाल आयल निगमले जनाएको छ ।
बिहान उठ्ने बेला तपाईँले पटक पटक उठाउँदा कोल्टे परि परि सुत्ने म अहिले त आल्रामको एकै आवाजमा जुरुक्क उठ्न सक्ने भएको छु । आमा कति मेहनत गरी मेरो लागि बनाएको खाना, तपाईँले धम्काउँदै नखाने म । अहिले त चिसो, बासी भात पनि मीठा मानी मानी खाने भएको छु । तपाईँले दिएको एक सय रुपैयाँ थोरै हुन्छ भनी झगडा गर्ने म । अहिले त १० रुपैयाँ खर्च गर्न पनि १० चोटि सोच्न सक्ने भएको छु । स्कुल पढ्न जाँदा बिरामी भएको बहाना बनाई स्कुलबाट भागेर आउने म । अहिले त बिरामी पर्दा पनि लगातार स्कुलमा खट्न सक्ने भएको छु आमा ।
आमा बुबा पहिलो गुरु, घर हो पहिलो पाठशाला दोस्रो गुरु स्कुलमा, दस पास गरौँ यसपाला पढ्न, लेख्न, खेल्न सिकाइ, असल ज्ञानी बनायो कला, कौशल सीप भर्दै माया गर्न सिकायो
३२औँ मुना दिवस रमाइलो छ आज सबै जनालाई नमस्कार गर्छु मञ्चको माझ । बालकको प्रतिभालाई मुना अघि सार्छौं प्रतिभाको प्रचार गरी जीवन उज्ज्वल पार्छौं ।
मुलुकमा सञ्चालनमा रहेका १४ वटा विकास बैङ्कले पाँच अर्ब २० करोड रुपियाँ खुद मुनाफा आर्जन गरेका छन् । कुल १७ मध्ये १४ वटा विकास बैङ्कको चालू आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरणअनुसार यो नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा झन्डै आधा अर्बले बढी हो । गत वर्षको सोही अवधिमा विकास बैङ्कहरूले चार अर्ब ४९ करोड ९१ हजार रुपियाँ खुद मुनाफा गरेका थिए । यसरी हेर्दा विकास बैङ्कको नाफा गत वर्षको तुलनामा आठ दशमलव ८३ प्रतिशतले बढी हो ।
आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको दिन नजिकिदै जाँदा म्याग्दीका दलहरु चुनावी अभियान लिएर मतदाताका घर–घरमा पुग्न थालेका छन् । उम्मेदवार सहित चुनावी अभियान टोल,वस्ती र घर–घरमा पुगेपछि गाउँमा चुनावको माहोल तातेको छ ।
जन्माई, हुर्काइ ठूलो बनाइन् मलाई आफू नखाई नखाई पेटभरि खुवाइन् मलाई । मलाईभन्दा बढी मेरो चोट उनलाई दुख्छ रुघाखोकी लाग्दा मलाई नसुती उनको रात बित्छ ।।
घुम्दै फिर्दै फेरि आयो नयाँ वर्ष मनमा पनि लागेको छ धेरै धेरै हर्ष यही वर्षमा परेको छ एसईई हाम्रो कसरी गर्ने होला यो परीक्षा राम्रो
बुटवल उपमहानगरपालिकाका उम्मेदवारहरूले बुटवलको सुकुम्बासी समस्या समाधान गर्ने विषयलाई प्रमुख चुनावी नारा बनाएका छन् । सत्ता गठबन्धनका तर्फबाट बुटवल उपमहानगरपालिकामा प्रमुख पदका उम्मेदवार नेपाली काँग्रेसका खेलराज पाण्डेयले आफ्नो पहिलो प्राथमिकता सुकुम्बासी समस्याको समाधान नै रहेको बताउनुभयो ।
नेपालले आज (सोमबार) जिम्बावे ‘ए’ विरुद्ध दोस्रो टी-२० खेल खेल्दैछ । कीर्तिपुर स्थित त्रिवि मैदानमा दिउँसो १:०० बजे सुरु हुने खेलमा नेपाल पहिलो खेलमा हारेको बदला लिने योजनामा छ ।