• २९ वैशाख २०८१, शनिबार

नसामा लठ्ठिएर एसएसबीका जवानद्वारा दशगजामा गोली

blog

दशगजामा भारतीय एसएसबीका जवानहरू गाेली प्रहारपछि

गोकुल पराजुली

विराटनगर, वैशाख १९ गते । नेपाल–भारतको सीमाक्षेत्र विराटनगर–१८ इस्लामपुरमा भारतीय सुरक्षाकर्मीले हवाई फायर गर्दा स्थानीयवा त्रसित भएका छन् । 

स्थानीयले दिएको जानकारीअनुसार सीमा सुरक्षामा खटिएका भारतीय एसएसबी टोलीका एक जना जवानले तीन राउण्ड हवाई फायर गरेका हुन् । सोमबार २ बजे ड्युटीमा खटिएका जवानले दुई राउण्ड जमिनतर्फ र एक राउन्ड आकाशमा फायर गरेको विराटनगर १८ इस्लामपुरका स्थानीय सुरज मण्डलले जानकारी दिनुभयो । 

स्थानीयका अनुसार ड्युटीमा खटिएका एसएसबीका जवान मदिरा सेवन गरी लठ्ठिएको पाइएको थियो । ‘होहल्ला गरेपछि स्थानीयले एसएसबीको टोलीलाई घेराउ गरेका थिए । स्थानीयको भीड बढेपछि आफ्नो सुरक्षाको लागि भन्दै हवाई फायर गरेको हुनसक्छ,’ सीमा क्षेत्रमा खटिएका एक सुरक्षाकर्मीले भन्नुभयो । हवाई फायरबाट कुनै मानवीय क्षति भने भएको छैन ।

मोरङका प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले दशगजा क्षेत्रमा गोली चलेको पुष्टि गर्नुभयो । ‘गोली चलेको नेपालतिर होइन भारतीय क्षेत्रमा हो,’ एसपी कोइरालाले भन्नुभयो, ‘के विषयमा चलेको रहेको छ । हामीले पनि बुझने काम गरिरहेका छौँ ।’ अहिले गोली चलेको ठाउँमा स्थानीयको भीड लागेको छ ।