• १५ असार २०८१, शनिबार

महानिरीक्षक नियुक्तविरुद्ध एआइजी पोखरेल सर्वोच्चमा

blog

काठमाडौं, वैशाख १९ गते । सर्वोच्च अदालतमा नेपाल प्रहरी महानिरीक्षक नियुक्तिविरुद्ध रिट दर्ताका लागि पुगेको छ । 

सर्वोच्चका सूचना अधिकारी देवेन्द्र ढकालले महानिरीक्षक नियुक्तिको विषयमा एआइजी विश्वराज पोखरेलको रिट दर्ताका लागि आएको जानकारी दिनुभयो । 

उहाँका अनुसार रिट हाल अध्ययनको क्रममा रहेको छ । 

आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले धीरजप्रताव सिंहलाई नेपाल प्रहरीको नयाँ महानिरीक्षककाे रूपमा नियुक्त गरेको थियो । महानिरीक्षक सिंहले सोमबार दर्ज्यानी चिह्न लगाइसक्नुभएको छ । 

सोमबार गृह मन्त्रालयमा आयोजित समारोहमा गृह सचिव टेकनारायण पाण्डेले नवनियुक्त महानिरीक्षक सिंहले फुली लगाउनुभएको हो ।