• १२ साउन २०८१, शनिबार

‘गल्छी–रसुवागढी’ सडक खण्डको काम आधा सक्कियो

blog

फाइल तस्बिर

नमराज सवेदी
नुवाकोट, वैशाख १९ गते ।
धादिङको ‘गल्छी रसुवागढी’ पुग्ने सडक खण्डको आधा काम सकिएको छ । राष्ट्रिय प्रथामिकता र राष्ट्रिय गौरवको आयोजनाको रुपमा निर्माण भइरहेको ‘गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी’ विसं. २०८० सालको मसान्तसम्म सक्ने लक्ष्य लिएको छ ।

चीन–नेपाल र भारतलाई जोड्ने त्रिदेशीय राजमार्गको सबैभन्दा छोटो दूरीको रुपमा सडक निर्माण भइरहेको छ । विसं.२०७२ मङ्सिर १७ गतेको मन्त्रिपरिषद्को बैठकको निर्णय अनुसार सडक निर्माणको काम स्वदेशी लगानीमा अघि बढाउन थालिएको हो । अहिलेसम्म सडका निर्माणको काम आधा पूरा भएको छ ।

योजनालाई समयमै काम गराउनको लागि सुरुवाती समयदेखि नै देखिएको मुआब्जाको समस्या अझै कायम रहदै पिपलटार–ढुङ्गेको विवाद अदालतसम्म पुगेको छ । साथै दुई वर्ष अघि नै मुआब्जा निर्धारण गरिएको शान्तिबजार क्षेत्रको एक किलोमिटर सडकमा काम रोकिँदै आइरहेको छ ।

‘गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी’ योजना कार्यालयका इञ्जिनियर शन्तराम पाण्डेले विसं.  २०८० को असार मसान्तसम्म सडकको काम सक्ने जानकारी दिनुभयो ।

तर, योजनाको लागि विनियोजित बजेट समयमै नपाउने, गौरवको योजना भनिए पनि सामान्य योजना सरहमा नीतिगत समस्या, ३२ मध्ये अझै १३ वटा पुलको ठेक्का लगाउनको लागि योजनाको कार्यालयले स्वीकृत अनुमति नपाउनुले सडक निर्माणमा समस्या हुने देखिएको छ । साथै माथिल्लो त्रिशूली थ्रि ‘ए’ को बाँधक्षेत्रमा बनाउने योनजा बनाइएको ४०० देखि ६०० मिटर लम्बाइको फ्लाई ओभर अर्थात् आकासेपुलको निर्णय हुन नसकेकोलगायतका समस्या कायमै छ ।

यसैगरी, तेस्राे खण्ड स्याफ्रुबेँसी–रसुवागढीका १७ किलोमिटर सडक निर्माणको जिम्मेवारी लिएको चिनियाँ पक्ष अझै काममा फर्कने सङ्केत नदेखिएको कारण सडक योजनाको कार्यालयले लिएको नयाँ लक्ष्य पूरा गर्न कठिन पर्ने देखिएको हो ।