• ११ कात्तिक २०८२, मङ्गलबार

बोलेरो दुर्घटना हुँदा चालक घाइते

blog

दुर्घटना भएको गाडी । तस्बिर : अमृतप्रसाद पौडेल

अमृतप्रसाद पौडेल
म्याग्दी, कात्तिक ११ गते ।
बेनीदेखि ताकमतर्फ जाँदै गरेको ग३च १३१३ नम्बरको बोलेरो गाडी दुर्घटना हुँदा चालक घाइते भएका छन् ।

बेनी दरवाङ सडक खण्डअन्तर्गत मालिका गाउँपालिका ६ बाङ्गेपहिरोमा गाडी दुर्घटना हुँदा चालक धवलागिरी गाउँपालिका ३ का २४ वर्षीय राजेश लामगादे घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर तिमिल्सिनाले जानकारी दिनुभयो ।

उहाँका अनुसार बेनीदेखि धवलागिरी गाउँपालिका ७ ताकमतर्फ जाँदै गरेको गाडी राति १ः३० बजे दुर्घटना भएको थियो । गाडीमा चालक मात्रै रहेको हुँदा अन्य मानविय क्षति भएको छैन ।

चालक लामगादेको प्रदेश अस्पताल बेनीमा उपचारपछि थप उपचारका लागि पोखरा पठाइएको प्रदेश अस्पतालले जनाएको प्रहरी निरीक्षक तिमिल्सिनाले जानकारी दिनुभयो ।