शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
प्रतीक इच्छुक शर्मा
सल्यान, कात्तिक ११ गते । सल्यानमा अवैध रूपमा भरुवा बन्दुक राखेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका–७ पाखापानीका ५२ वर्षीय तिलक बहादुर रोकालाई प्रहरीले पक्राउ गरेको हो ।
गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय देवस्थलबाट प्रहरी वरिष्ठ नायब निरीक्षक नेत्र ब. रानाको कमाण्डमा खटिएको चार जनाको टोलीले रोकाको घरमा खानतलासी गरेको थियो ।
खानतलासीका क्रममा घरदेखि केही दूरीमा, पूर्वतर्फ बाँसको झ्याङभित्र सुकेको स्याउलाले छोपेर लुकाइएका अवस्थामा एक थान भरुवा बन्दुक फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक बाबुराम बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार पक्राउ परेका रोकालाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय देवस्थलमा राखिएकोे छ ।