• १५ असार २०८१, शनिबार

नेपाल पहिला फिल्डिङ गर्दै

blog

दुवै टोलीका कप्तान टस गर्दै । तस्बिर सौजन्य : क्यान

काठमाडौँ, वैशाख १९ गते ।  जिम्बावे  ‘ए’  विरुद्ध दोस्रो टी-२०  खेलमा नेपालले पहिलो फिल्डिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा १:०० बजे सुरु हुने खेलमा नेपालले टस जितेर जिम्बावेलाई ब्याटिङको निम्तो दिएको हो ।

नेपाल आय जिम्बावेलाई हराएरु तीन खेलको सिरजमा बराबर गर्ने लक्ष्यमा छ । जिम्बावे भने लगातार जित निकाल्दै सिरिज जित्ने अभियानमा  । नेपाल पहिलो खेलमा जिम्बावेसँग ६ विकेटले पराजित भएको थियो । 

नेपालले तेस्रो तथा अन्तिम टी–२० खेल बुधबार जिम्बावेसँग खेल्नेछ । त्यसपछि नेपालले जिम्बावेसँगै २३, २४ र २६ गते एकदिवसीय सिरिज खेल्नेछ । नेपालले आइसिसी विश्वकप लिग–२ अन्तर्गत आगामी जुनमा हुने अमेरिका र ओमानसँग त्रिदेशीय सिरिजको तयारीका लागि जिम्बावेसँग सिरिज खेलेको हो । 

लिग–२ अन्तर्गत सिरिजमा १२ खेल खेलेको नेपाल अहिले तालिकाको छैटौँ स्थानमा छ । नेपालले १२ खेलमा ६ जित र ६ वटै हार खेपेको छ । नेपालसहित ओमान, यूएई, स्कटल्याण्ड, नामिबिया, अमेरिका र पपुवा न्युगिनी (पीएनजी) गरी सात टोली सहभागी लिग–२ मा प्रत्येक टोलीले ३६ खेल खेलेपछि शीर्ष तीनमा रहने टोली सन् २०२३ मा भारतमा आयोजना हुने एकदिवसीय विश्वकप क्रिकेटमा छनोट हुनेछन् ।

 जिम्बावेविरुद्ध नेपालको प्लेइङ ११ :

सन्दीप लामिछाने (कप्तान), आसिफ शेख, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, भीम सार्की, आदिल अन्सारी, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, अभिनाश बोहरा र बसिर अहमद ।