• १३ साउन २०८१, आइतबार

चुनाव प्रचारको क्रममा लडेर मृत्यु

blog

साङ्केतिक तस्बिर

सलिम अन्सरी

बिजुवार, वैशाख १९ गते । प्युठानको नौबहिनी गाउँपालिका–२ लिघामा भीरबाट लडेर एक वृद्धको घटनास्थलमै  ज्यान गएको छ ।

स्थानीय तह निर्वाचनको प्रचारमा हिँडेका लिघा सिरिवाङ निवासी ५६ वर्षीय धनबहादुर थापामगरको मृत्यु भएको इलाका प्रहरी कार्यालय बाहनेका प्रहरी निरीक्षक भानुभक्त अर्यालले जानकारी दिनुभयो ।  

आइतबार काँग्रेस, माओबादी केन्द्र र एकीकृत समाजवादीसहितको गठवन्धन टोलीसँग मगर गाउँमा भोट माग्न गएको प्रहरीको भनाइ छ । गाउँमा घरदैलो गरी फर्किने क्रममा मगरको लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाको प्रहरीले थप अनुसन्धान सुरु गरेको जनाएको छ ।