• १६ भदौ २०८१, आइतबार

प्रधानमन्त्री देउवाले आज विराटनगरमा सम्बोधन गर्ने

blog

फाइल फाेटाे

धीरज दाहाल

विराटनगर, वैशाख २१ गते । नेपाली काँग्रेसले स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै आज विराटनगरमा चुनावी सभाको आयोजना गर्दैछ । 

स्थानीय पुष्पलाल चौकमा बुधवार दिउँसो १ वजे आयोजना हुने सभामा नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्ने कार्यक्रम छ ।

सभामा काँग्रेसका केन्द्रीय नेताहरुको समेत सहभातिता रहनेछ ।

निर्वाचनको प्रचारप्रसारका लागि स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको निर्णयअनुसार तय भएको महानगरको चुनावी सभामा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री विश्वप्रकाश शर्मा, डा. शेखर कोइराला, डा. डीला संग्रौलासहितका नेताहरूले सम्बोधन हुनेछ ।

स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै काँग्रेस केन्द्रीय समितिले सार्वजनिक गरेको तालिकाअनुसार देशका मुख्य शहरहरुमा सभाको आयोजना भएको हो ।