• १३ असोज २०८१, आइतबार

जुम्लामा सुख्खा पहिरोमा पुरिएर दुई बालकको मृत्यु

blog

नेत्र शाही  
वैशाख २१ गते। जुम्लाको तिला गाउँपालिकामा घरको जग लगाउदै गर्दा आएको सुख्खा पहिरोले दुई बालकको ज्यान लिएको छ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दका अनुसार तिला गाउँपालिका–२ डुण्डेलीमा रणबहादुर बोहराको घरको जग लगाउदै गर्दा खेलिरहेका दुई बालकको सुख्खा पहिरोमा पुरिएर मृत्यु भएको हो। 

उहाँका अनुसार घरको माथिबाट झरेको पहिरोले तीन वर्षीय शिशिर बोहोरा र हिमिश रावतलको मृत्यु भएको हो। पहिरोसँगै च्यापिएर काम गर्न गएकी रणबहादुर बोहोराकी पत्नी लक्ष्मी बोहोरा घाइते हुनुभएको छ। 

घाइते बोहोराको उपचार भइराखेको छ। मृत शिशिर बोहोरा रणबहादुरका छोरा हुन्। घाइते लक्ष्मी बोहोरासँगै बालक त्यहाँ खेलिरहेको खुलेको छ। मृतक अर्का बालक हिमेश नजिकैको नातेदारका छोरा हुन्। उनी घर बनाउने ठाउँमा साथीसँग खेल्न गएका थिए।