सप्तरी, वैशाख २२ गते । स्थानीय तह निर्वाचन (२०७९ लाई लक्षित गरी गृह मन्त्री बालकृष्ण खाणसँग सप्तरी सिरहा र उदयपुर जिल्लाको संयुक्त सुरक्षा गोष्ठी सुरु भएको छ ।
सप्तरीको राजविराज प्रहरी तालिम केन्द्रमा सुरु भएको छ सुरक्षा गोष्ठीमा जिल्लाका जिल्ला अधिकारी तथा तीन तहकै सुरक्षा निकायका प्रमुखहरूको सहभागिता मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले जानकारी दिनुभयो ।
गोष्ठीमा सुरक्षा संयन्त्रबारे सरोकारवालासँग व्यापक छलफल हुने र त्यसपछि निर्वाचनको रणनीति पनि तय गर्ने प्रवक्ता पोखरेलले बताउनुभयो ।