• ४ जेठ २०८१, शुक्रबार

धरानमा एमालेको चुनावी घोषणापत्र, केवलकारदेखि दरवार पुनःर्निर्माणसम्म

blog

धरान,बैशाख २२ गते । नेकपा (एमाले) धरानले आफ्नो उम्मेदवारलाई जिताउन केवलकारदेखि विजयपुर दरवार पुनःर्निर्माणसम्म गर्ने सम्मको चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । धरान उपमहानगरपालिकाको उम्मेदवारलाई जिताउन निर्वाचन परिचालन कमिटीले आगामी पाँच वर्षमा गर्ने कामको विवरण सार्वजनिक गरेको छ । 

निर्वाचन परिचालन मुल कमिटीका संयोजक मुरारी सुवेदीले निर्वाचनमा जीत हासिल गरेपछि धरानको समृद्धिको लागि मेघा प्रोजेक्टहरु अघि बढाउने जानकारी दिनुभयो । ‘धरानको आर्थिक समृद्धिको र आर्थिक आधार निर्माण गर्न सक्दछन् भन्ने एउटा निष्कर्षका साथ हामीले जनमुखी प्रोजेक्टहरु अघि सारेका छौ हामी यसरी जनताको घरदैलोसम्म पुगेर निर्वाचनमा होमिएका छौं,’ उहाँले भन्नुभयो ।

एमालले प्रदेश नम्बर १ मै धरानलाई खेलकुदको हब बनाउने योजना अघि सारेको र त्यसका लागि पूर्वाधार विकासका योजना अघि सारेको उहाँले बताउनुभयो ।  निर्माणधिन बस पार्कलाई निर्माण सम्पन्न गर्ने पनि एमालेले पहिलो प्रथामिकतामा राखेको छ । किरातकालिन विजयपुर दरबार पुर्ननिर्माण गर्ने, सप्तरंगी पार्कलाई प्रदेश नं १ कै गन्तव्य हुन सक्ने गरीको डिजाईनमा विकास गर्ने, शिवजंट्टाको सौन्र्दयीकरण गरि बिकास र विस्तार गर्ने पनि योजना अघि सारेको छ । 

बिष्णुपादुकास्थित कोका खोलामा ड्याम निर्माण, औद्योगिक ग्रामलाई पूरा गर्ने, धरानलाई व्यवस्थित आधुनिक सहरको नमुना बनाउन आधारभूत कुराको व्यवस्थापन गर्ने, मनमोहन पार्क पुरा गर्ने, तारे भीरमा रक क्लाईम्बिङ निर्माण, आदिबासी जनजाति संग्राहलयलाई पुरा गर्ने,  जस्ता योजनाहरु सार्वजनिक गरेका छन् । 

नेकपा (एमाले) धरानले सार्वजनिक गरेको चुनावी घोषणापत्रका मुख्य बुँदाहरु :

  1.            धरान खेलग्राम
  2.            निर्माणाधिन स्मार्ट वसपार्क
  3.        सप्तरंगी पार्क निर्माण
  4. शिवजट्टाको सौन्दर्यकरण र पर्यटकीय पूर्वाधार विकास
  5. किराँतकालीन विजयपुर दरवार पुनर्निर्माण
  6. औद्योगीक ग्राम निर्माण
  7. स्लटर हाउस 
  8. विष्णुपादुका मन्दिर  क्षेत्रमा धार्मिक तथा पर्यटकीय पूर्वाधार विकास
  9. कोकाहा ड्याम 
  10. मनमोहन पार्क निर्माण
  11. तारेभीर रक क्लाइम्विङ 
  12. केवलकार निर्माण
  13.   आदिवासी जनजाति बहुजातीय संग्राहलय

Author

निशा राई