• १० मंसिर २०८१, सोमबार

बदरमत कम गर्न नमुना मतदान

blog

नमुना मतदान केन्द्रमा मतदान गर्दै स्थानीय । तस्बिर : शेरबहादुर सार्की

बाजुरा, वैशाख २२ गते । बदरमत कम गर्ने लक्ष्य र मतदातालाई सहजताका लागि बाजुरामा नमुना मतदान कार्य सम्पन्न भएको छ । आगामी हुने वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गर्ने गरी जिल्लाको मालिका माविमा बुधबार नमुना मतदान कार्य गरिएको हो ।

धेरै मतदातले मतदान गर्दा मत वदर गर्ने सम्भावनालाई कम गर्न नुमना मतदान कार्य सुरु गरेको जिल्ला निर्वाचन कार्यालय बाजुराले जनाएको छ । बडिमालिका नगरपालिकाको मालिका माविमा नमुना मतदान केन्द्र स्थान गरेर परिक्षण गर्दा त्यहाँका अधिकाश मतदाताहरुले सहज रुपमा मतदान गरेको जिल्ला निर्वाचन कार्यालय बाजुराका प्रमुख नवराज अवस्थीले बताउनुभयो ।

बडिमालिका नगरपालिका ९ का स्थानीयबासी दले रावलले भन्नुभयो, “वैशाख ३० गते  मतदान कसरी गर्ने भन्ने सोचेको थिए , निर्वाचन कार्यालयले गत बुधवारका दिनमा मालिका माविमा नमुना मतदान स्टल राखेर मतदात गर्न लगाएपछि मत बदर नहुने विश्वास गरेको छु ।,,

नमुना मतदान केन्द्रबाट मतदान गर्न सिक्ने गरेर जिल्लाका अधिकाशंले मतदान गरेका हुन् । 


Author

शेरबहादुर सार्की