• २८ वैशाख २०८१, शुक्रबार

‘मायाको मौसम’ सार्वजनिक

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, वैशाख २३ गते । सदु खनालको शब्द रचनामा रहेको पहिलो गीत ‘मायाको मौसम’  सार्वजनिक भएको छ । गीतमा गायिका ममता गुरुङ र गायक एवं गीतकार डीपी खनालको आवाज सुन्न सकिन्छ ।  रोमान्टिक भर्सनको गीतलाई शङ्कर थापा ‘स्माइल’ले सङ्गीत दिनुभएको छ । गीतमा  विश्व अधिकारीको सङ्गीत संयोजन रहेको छ ।  मुनाल शिशिर कोइरालाको निर्देशनमा तयार पारिएको गीतमा सुधीर श्रेष्ठ र जुना कार्कीले अभिनय गर्नुभएको छ । गीतमा दिन्सन शाहको सम्पादन रहेको छ ।