• ५ जेठ २०८१, शनिबार

थप १५ जना सङ्क्रमित, १७ सङ्क्रमण मुक्त

blog

काठमाडौं, वैशख २३ गते । पछिल्लो २४ घण्टामा १५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार दुई हजार ४५० जनाको पीसीआर परीक्षण गर्दा १५ जनामा सङ्क्रमण देखिएको हो ।

त्यसैगरी, एक हजार तीन जनाको एन्टिजेन परीक्षण गर्दा कसैमा सङ्क्रमण पुष्टि नभएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार २४ घण्टामा १७ जना सङ्क्रमणमुक्त भएका छन् भने मृत्यु शून्य छ । अहिले देशभर सक्रिय सङ्क्रमित २१५ जना  छन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा ८४ हजार ६२१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।