• ५ जेठ २०८१, शनिबार

चुनावका कारण स्थानीय नागरिक नभएपछि प्रहरीद्वारा सुत्केरी महिलाको उद्धार

blog

वासुदेव शर्मा

जाजरकोट, वैशाख २३ गते । जाजरकोटमा प्रहरीले सुत्केरी महिलाको उद्धार गरेको छ । कुशे गाउँपालिका ८ औलिजाकी दूर्गा रोकायलाई प्रहरीले उद्धार गरेको हो । 

स्थानीय निर्वाचन नजिकिएसँगै चुनाबको रौनक छाएपछि स्वास्थ्य चौकीसम्म लैजाने स्थानीय नागरिक काेही नभएका कारण प्रहरीले स्वास्थ्य चौकी लिएको थियो । 

कुशे ८ औलिजा बस्ने २८ वर्षीय दूर्गा रोकाय लामो समय सुत्केरी व्यथाले छट्पटाई रहुनभएको थियो । 

प्रहरी चौकी पैकबाट प्रहरी सहायक निरीक्षक गंगाबहादुर चन्दको नेतृत्वमा खटिएको प्रहरी टोलीले उहाँलाई स्वास्थ्य चौकीसम्म उद्धार गरेको थियो ।