• १२ वैशाख २०८१, बुधबार

अवैध लागूऔषधसहित पक्राउ

blog

फाइल तस्बिर

काठमाडौं, वैशाख २५ गते । सिन्धुली कमलामाई नगरपालिका–९ भीमानस्थित सार्वजनिक शौचालय नजिकबाट प्रहरीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।

करिब तीन ग्राम २३ मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर र नगद २० हजार रुपियाँसहित २९ वर्षीय प्रदिप माझीलाई प्रहरीले पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरीले माझीलाई पक्राउ गरेको हो ।

यसैगरी, बाँकेको कोहलपुर नगरपालिका–११ बसपार्कबाट चार सय ४० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगरसहित एक जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । सोही नगरपालिका–२ मनकामना चोक बस्ने १८ वर्षीय किशोरलाई इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस्तै, कञ्चनपुर बेलौरी नगरापालिका–८ कलकत्ता बजारबाट करिब ३६ ग्राम ५० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ गरेका छन् । पक्राउन पर्नेमा सोही नगरपालिका–९ कुण्डा बस्ने ४१ वर्षीय अजय विष्ट र सोही नगरपालिका–८ कामपुर बस्ने १८ वर्षीय किशोर रहेका छन् ।

उक्त स्थानमा युपि २६ एसि ५०६० नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा इलाका प्रहरी कार्यालय बैलौरीबाट खटिएको प्रहरीले लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।