• ८ वैशाख २०८३, मङ्गलबार

भरूवा बन्दुकसहित एक पक्राउ

blog

अर्जुन काफ्ले
स्याङ्जा, वैशाख ८ गते ।
वालिङ नगरपालिका वडा नम्बर –३ सुरडाँडामा भरूवा बन्दुक र खरखजनासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।  

जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय वालिङ, स्याङ्जाबाट खटिएको टोलीले घरमा लुकाई छिपाई राखेको भरूवा बन्दुक र खरखजनासहित ७१ वर्षीय सम्मरबहादुर खड्का क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले क्षेत्रीबाट एक नाले भरुवा भन्दुक एक थान, छर्रा ६० थान, २० ग्राम बारुद फेला पारको प्रहरी नायब उपरीक्षक प्रसन्न राज चौधरीले बताउनुभयो ।

भरूवा बन्दुक र खरखजनासहित पक्राउ परेका क्षेत्रीलाई हातहतियार सम्बन्धी कसूर मुद्दामा स्याङ्जा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान तथा कानुनी कारवाही प्रक्रिया अगाडि बढाएको चौधरीले बताउनुभयो ।