• १० जेठ २०८१, बिहिबार

स्थानीय तहमा मतदाता शिक्षा

blog

वीरेन्द्रनगरका टोलमा मतदाता शिक्षा दिँदै युवा सञ्जाल । तस्बिर : नवीन सुवेदी

छिन्चुु समाचारदाता

सुर्खेत, वैशाख २६ गते । सुर्खेतका तीनवटा स्थानीय तहमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको छ । युवा संस्था सञ्जाल (आयोन)द्वारा स्थानीय तहमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको हो ।गुर्भाकोट, भेरीगङ्गा र वीरेन्द्रनगर नगरपालिकाका विभिन्न टोलका मतदातालाई मतदाता शिक्षा दिइएकोे बताइएको छ । २० वटा टोलसुधार समितिका ५०० जनालाई र घरदैलोअन्तर्गत एक हजार घरधुरीमा मतदाता शिक्षा प्रदान गरिएको आयोनका कार्यक्रम संयोजक खिम रेग्मीले जानकारी दिनुभएको छ ।

यसैगरी गुर्भाकोट नगरपालिका–६ को बडाखोली, सातमूलसहित तीनवटा टोलमा नमुना मतदान गरिएको छ । भेरीगङ्गा नगरपालिका–११ र १३ र वीरेन्द्रनगर नगरपालिका– १ र २ का विभिन्न टोलमा नमुना मतदान गरिएको सो संस्थाले जनाएको छ ।

नमुना मतदानले गर्दा धेरैजसो झुक्किएको, उम्मेदवार छनोट गर्न अलमल परेकोजस्ता समस्या देखापरेको कार्यक्रम संयोजक रेग्मीले बताउनुभयो । उहाँले भन्नुभयो, “नमुना मतदानको अवस्थालाई हेर्दा मतदाता शिक्षा घरदैलोसम्म पु¥याउन आवश्यक देखिन्छ ।” आयोनले मतदाता शिक्षासम्बन्धी विभिन्न पोस्टर, पम्प्लेट पनि वितरण गरेको उहाँले बताउनुभयो ।