कविराज घिमिरे धनकुटा, जेठ १ गते । धनकुटाको चौबिसे गाउँपालिका वडा नं. २ का नवनिर्वाचित वडासदस्य अटल सूर्यमगरको निधन भएको छ । चौबिसे गाउँपालिकाको सदरमुकाम राजारानी बजारस्थित मतगणनास्थलमा राति ८ बजेतिर बसिरहेको अवस्थामा अचानक बेहोस भएका ५२ वर्षीय सूर्यमगरको उपचारको क्रममा गएराति निधन भएको हो । मतगणनास्थलमा अचानक बेहोस भएका मगरलाई तत्काल उपचारको लागि विराटनगरस्थित न्यूरो अस्पताल पु¥याएको भए पनि उपचारको क्रममा उनको मृत्यु भएको चौबिसे गाउँपालिकाका उपाध्यक्ष यज्ञकुमारी रुचालले जानकारी दिनुभयाे ।अघिल्लो स्थानीय तहको निर्वाचन २०७४ मा एमालेको तर्फबाट वडासदस्यमा निर्वाचित भएका मगर पुनः यसपटक पनि वडा सदस्यमा निर्वाचित भएका थिए । वडाको मतपरिणाम अन्तिम चरणमा पुगेको बेला मगर कुर्सीबाट ढलेर अचानक बेहोस भएका थिए । उनलाई उपचारको लागि बाटोमा लैजाँदै गर्दा उनी वडासदस्यमा निर्वाचित भएका थिए । उच्च रक्तचापका कारण ह्रदयघात भएको हुनसक्ने पालिका उपाध्यक्ष रुचालले बताउनुभयो । उहाँको शव घर ल्याइसकिएको र आजै अन्त्येष्टि गरिने पारिवारिक स्रोतले बताएको छ ।
एफ एक कप फुटबलको उपाधि लिभरपुलले जितेको छ । वेम्वली स्टेडियममा शनिबार राति भएको खेलमा लिभरपुलले बलियो प्रतिद्वन्द्वी चेल्सीलाई टाइब्रेकरमा ६–५ गोलले हरायो ।
गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर १ मा नेकपा माओवादी केन्द्रका चेतमान कुँवरको प्यानल विजयी भएको छ । उहाँले एक हजार सात मत ल्याएर बिजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका कमल थापाले ५६२ मत प्राप्त गर्नुभएको छ ।
महोत्तरीको मटिहानी नगरपालिकामा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले पहिलो विजयी खाता खोलेका छन् । शनिबार दिउँसो देखि शुरु भएको मतगणना परिणामा अनुसार लोसपा नेपालले मटिहानी नगरपालिका वडा नं. १ मा प्यानल सहितै वडा अध्यक्ष पदमा विजयी भएका हुन् । लोसपा नेपालका शिवशंकर कुमार राय ३७८ मत ल्याइ विजयी हुनुभएको छ ।
अमरराज नहर्की तनहुँ, जेठ १ गते । तनहुँको म्याग्दे गाउँपालिका वडा ३ को अध्यक्षमा एमालेका टुकराज अधिकारी विजयी हुनुभएको छ । अधिकारीले ६६१ मत प्राप्त गर्नुभयो भने निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका बलराम भट्टराई ५८७ मत प्राप्त गर्नुभयो । महिला सदस्यमा काँग्रेसकी जानकी थापा, दलित महिला सदस्यमा एमालेकी सुनीता नेपाली विजयी हुनुभयो । खुला सदस्यमा काँग्रेसका बालचन्द्र घिमिरे तथा एमालेका प्रकाश घिमिरे विजयी हुनुभएको छ । यसअघि सो वडामा काँग्रेसका श्रीबहादुर थापा विजयी हुनुभएको थियो ।
यहाँका सात वटा स्थानीय तहमध्ये नेपाली काँग्रेसले एउटा गाउँपालिका अध्यक्ष उपाध्यक्ष सहित चार वटा वडामा विजयी हाँसिल गरेको छ । प्रधानमन्त्री एवं नेपाली काँग्रेस सभापती शेरबहादुर देउवाको गृह पालिका गन्यापधुरामा काँग्रेसका उम्मेदवारहरु विजयी हुनुभएको छ ।
बेलिना थापालमजुङ, जेठ १ गते । नेकपा (एमाले) लमजुङ सुन्दरबजार नगरपालिका १ को वडाध्यक्षमा विजयी भएको छ । गठबन्धनका उम्मेदवारलाई हराउँदै एमाले उम्मेदवार कर्णबहादुर गुरुङले ४ सय ४६ मत ल्याएर आगामी ५ बर्षका लागि वडाध्यक्ष जित्नुभएको हो । प्रतिस्पर्धी माओवादी केन्द्रका सन्तोषी गौलीले ३ सय ५५ मत ल्याउनुभएको छ । महिला वडा सदस्यमा एमालेकी राधा मल्लले ४ सय १५ मत, दलित महिला सदस्यमा एमालेकै शर्मिला ठडराईले ४ सय १२ मत, खुला सदस्यमा कांग्रेसका नीलकण्ठ अधिकारीले ३ सय ८५ मत र एमालेका दिपेन्द्र बसौलाले ४ सय ३९ मत ल्याएर विजयी हुनुभयो ।
अविनाश चौधरीधनगढी, जेठ १ गते । रेशम चौधरीकी पत्नी रञ्जिता श्रेष्ठ चौधरीको अध्यक्षतामा नवगठीत नागरिक उन्मुक्ति पार्टीले कैलालीको टीकापुरमा खाता खोलेको छ । वडा नम्बर ५ मा सो पार्टीबाट प्यानलसहित बलवीर चौधरी वडाध्यक्षमा विजयी हुनुभएको छ । उहाँले ८२० मत प्राप्त गरेर वडा अध्यक्षमा जित हासिल गर्नुभएको हो । यसैगरी, गोदावरी नगरपालिका –१२ को वडा अध्यक्षमा गठबन्धनबाट उम्मेदवार नेपाली काँग्रेसका भीम खड्का विजयी हुनुभएको छ । ८७९ मत प्राप्त गरेर उहाँ प्यानलसहित विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका नन्दबहादुर पुनले ६७५ मत प्राप्त गर्नुभयो ।
अमयमेरु गाउँपालिका वडा–१ र ६ को अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी हुनुभएको छ । वडा नं. १ मा दत्ति भण्डारी पुनः निर्वाचित हुनुभएको हो । भण्डारी यसअघि पनि अध्यक्ष हुनुहुन्थ्यो ।
बागलुङको ताराखोला गाउँपालिकामा गठबन्धन का तर्फबाट उम्मेदवार नेकपा माओवादी केन्द्रका धनबहादुर विक विजयी हुनुभएको छ । विकले स्वतन्त्र उम्मेदवार प्रकास घर्तीलाई १९५ मतान्तरले पराजित गर्दै विजय हुनुभएको हो ।
दाङको घोराही उपमहानगरपालिकामा गठबन्धनका उम्मेदवारले अग्रता कायम राखेका छन् । आइतवार विहानसम्म घोराही उपमहानगरपालिकाका ६ वटा वडामा भैरहेको मत गणनाका आधारमा गठबन्धनका उम्मेदवारले फराकिलो अग्रता बनाउँदै लग्नुभएको छ ।
धनुषा जिल्लाको जनकपुरधाम उपमहानगरपालिका वडा नं. १ मा नेपाली काँग्रेसको प्यानल विजयी भएको छ । शनिबार अबेर राति सम्पन्न भएको मतगणनाबाट ११४३ मत प्राप्त गरी वडाध्यक्षमा दीपनारायण यादव विजयी हुनुभएको हो ।
वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा धादिङका १३ वटा नै पालिकामा मत गणना भइरहेको छ । मतगणना भएको पालिका अन्तर्गत हाल सम्म १२ वटा वडाको मत गणना सम्पन्न भइसकेको छ ।
सिमकोट गाउँपालिका–२ को वडाध्यक्षमा नेपाली काँग्रेसका देवजङ्ग बोहरा विजयी हुनु भएको छ । उहाँ गठबन्धन दल नेपाली कांग्रेस र नेकपा माओवादीको तर्फबाट साझा उम्मेदवारका रुपमा निर्वाचित हुनु भएको हो ।