विभिन्न कारणले वैशाख ३० गते स्थगित भएका चार स्थानीय तहका ६ वटा मतदान केन्द्रमा आज आइतबार मतदान गरिएका छन् ।
छापको विषयमा विवाद हुँदा रोकिएको चितवनको भरतपुर महानगरपालिकाको मतगणना सुरु भएको छ।
कीर्तिपुर, जेठ १ गते । स्थानीय तहको निर्वाचनअन्तर्गत कीर्तिपुर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका राजकुमार नकर्मीले दुई हजार ६२० मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्दी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का केशरत्न बज्राचार्यले एक हजार ६०५ प्राप्त गर्नुभएको छ । नेकपा माओवादी केन्द्रका उम्मेदवार प्राडा शिवशरण महर्जन तेश्राे स्थानमा रहनुभएकाे छ । उपप्रमुखमा साेही पार्टीकी शुभलक्ष्मी शाक्यले दुई हजार ४१५ प्राप्त गर्नुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी एमालेकी बिन्दु महर्जनले दुई हजार ३०३ मत प्राप्त गर्नुभएको छ ।दश वडा रहेको उक्त नगरपालिका–१ मा कांग्रेसका हिरालाल महर्जनले ७७८ मत ल्याएर निर्वाचित हुनुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी एमालेका हर्ष महर्जनले ५८२ मत प्राप्त गर्नुभयो । वडा नं २ मा कांग्रेसका रुपेश महर्जनले ८८६ मत प्राप्त गरेर विजयी हुनुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी एमालेका रमेशमान डङ्गोलले ६९७ मत प्राप्त गर्नुभयो । वडा नं ३ मा कांग्रेसका सुविन्द्र महर्जनले ९८८ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ भने उहाँका प्रतिष्पर्धी एमालेका राजेन्द्र महर्जनले ८२२ मत प्राप्त गर्नुभयो । अन्य वडाको मतगणना जारी छ । कुल तीस हजार ३२८ मतदाता भएको उक्त नगरपालिकामा २४ हजार ३२ मत खसेको निर्वाचन अधिकृत कमला घिमिरेले जानकारी दिनुभयो ।
गोरखापत्र अनलाइनकाठमाडौं, जेठ १ गते । मतगणना कार्यमा ढिलाई भएको नागरिकस्तरबाट गुनासो भइरहेका बेला सो कार्यलाई अझ व्यवस्थित बनाई तोकिएको अवधिभित्र सम्पन्न गर्न गराउन निर्वाचन आयोगले सरोकारवालासँग आग्रह गरेको छ । आयोगका प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेलले आइतबार विज्ञप्ती जारी गर्नुहुँदै सो आग्रह गर्नुभएको हो । “स्थानको उपलब्धताअनुसार सकेसम्म बढी मतगणना टोली कायम गरी मतगणना गर्नेे, मतगणना कार्यमा खटिएका कर्मचारीहरुले पदीय जिम्मेवारी तथा निर्वाचनको स्वच्छता र निष्पक्षतालाई दृष्टिगत गरी राम्रोसँग मतगणना निर्देशिका (संशोधन सहित) को अध्ययन गरी मतगणना कार्य छिटोभन्दा छिटो सम्पन्न गर्न राजनीतिक दल, उम्मेदवार तथा उम्मेदवारका प्रतिनिधिहरु व्यवस्थित र अनुशासित भएर काम गर्न आग्रह गर्दछ” आयोगले भनेको छ, “छिटो सम्पन्न गर्ने कार्यमा मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतलाई आवश्यक सहयोग र सहजीकरण गरी मतगणना कार्यलाई अझ व्यवस्थित रुपले अगाडि बढाई तोकिएको समयभित्रै सम्पन्न गर्न गराउन सबै सरोकारवालासँग आयोग आग्रह गर्दछ ।”स्थानीय तह सदस्य निर्वाचन, २०७९ को मतगणना कार्य जारी रहेको अवस्थामा मतगणना कार्यमा खटिएका कर्मचारी, राजनीतिक दल तथा उम्मेदवारका प्रतिनिधिहरुबाट निर्वाचनको स्वच्छता, निष्पक्षता र विश्वसनियतामा तात्विक असर नपर्ने सामान्य मानवीय त्रुटिका विषयलाई अनावश्यक रुपमा उचाली विवादको विषय नबनाउन आयोगले आग्रह गरेको छ । प्रवक्ता शर्माद्वारा जारी विज्ञप्तीमा भनिएको छ, “सामान्य विषयलाई विवादको विषय बनाई मतगणना कार्य रोक्ने, हुलहुज्जत गर्ने, नारावाजी गर्ने र समग्र मतगणना कार्यलाई ढिलाई गर्ने गरिएकोप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको छ ।”आयोगको पूर्व योजनाअनुसार जेठ ५ गते अगावै मतगणना कार्य सम्पन्न गर्ने उद्देश्यमा असर परेको भन्दै मतगणना निर्देशिकाको व्यवस्था, आयोगबाट दिइएको निर्देशन तथा विभिन्न निर्वाचन अधिकृतको कार्यालयबाट प्राप्त जिज्ञासामा आयोगबाट गरिएको निर्णय समेतको आधारमा जिल्लामा रहेको जनशक्ति व्यवस्थापन समन्वय समितिसँग समन्वय गरी आवश्यक जनशक्ति व्यवस्थापन गर्न आयोगले भनेको छ ।गणनामा ढिलाई भएको ठाउँमा नेपाल सरकार तथा प्रदेश सरकारका कर्मचारीहरुलाई मतगणना कार्यमा प्राथमिकतासाथ खटाउन आयोगले आग्रह गरेको प्रवक्ता पौडेलले बताउनुभयो ।
रोल्पाको थवाङ गाउँपालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको छ । थवाङमा नेकपा माओवादी केन्द्र विरुद्ध कांग्रेस–एमाले–विप्लव नेतृत्वको नेकपाले चुनावी तालमेल गरेका थिए । निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार दर्जित रोकामगरलाई ६१७ मत अन्तरले पछि पार्दै गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका ऋषिकेशव बुढामगर 'सविन' निर्वाचित हुनुभएकाे छ । उहाँले २१२२ मत पाउँदा रोकाको पक्षमा १५०५मत आएको छ ।
बझाङको थलारा गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका प्रकाश रोकाया विजयी हुनुभएको छ । उहाँले दुई हजार ७७४ मत प्राप्त गर्नुभएको हो ।
काठमाडौं, जेठ १ गते । बलिउड अभिनेता सलमान खानका भाइ अभिनेता तथा निर्देशक सोहेल खान र उहाँकी पत्नी सीमा खानबीच सम्बन्ध विच्छेद हुने भएको छ । सम्बन्धविच्छेदका लागि उहाँहरु मुम्बई पारिवारिक कोर्ट पुगेको भारतीय सञ्चार माध्यमले जनाएको छ ।उहाँहरूले विवाह गरेको २४ वर्षपछि सम्बन्धविच्छेद गर्न लागेका हुन् । भारतीय सञ्चार माध्यमले जनाए अनुसार धेरै लामो समयदेखि अलगिएर बस्नुभएका उहाँहरूको दुई छोरा निर्भान र योहान छन् । सीमा फेसन डिजाइनर हुन् । उहाँ मुम्बईमा एउटा फेसन हाउस सञ्चालन गर्नुहुन्छ ।सोहेल र सीमाबीच सन् १९९८ मा प्रेम विवाह भएको थियो ।
बराहताल गाउँपालिकामा तीन वडामा मतगणना सकिएको छ। निर्वाचन अधिकृत ठाकुरप्रसाद पौडेलका अनुसार गाउँपालिकाका १० वडामध्ये अहिलेसम्म तीन वडामा मतगणना सकिएको हो।
मतगणना कार्यलाई अझ व्यवस्थित रुपले अगाडि बढाउन निर्वाचन आयोगले आग्रह गरेको छ । आइतबार विज्ञप्ति निकाल्दै तोकिएको समयभित्रै मतगणना सम्पन्न गर्न/गराउन सबै सरोकारवालासँग निर्वाचन आयोगले आग्रह गरेको हो ।
अविनाश चौधरीधनगढी, जेठ १ गते । कैलालीको गोदावरी नगरपालिका–११ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवार प्रेमसिंह बडैला विजयी हुनुभएको छ । एक हजार ७० भोट प्राप्त गरेर उहाँ वडा अध्यक्षमा विजयी हुनुभएको हो । बडैलाले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का उम्मेदवारलाई पछाडि पारेर वडा अध्यक्षमा बाजी मार्नुभयो ।
नेत्र शाहीजुम्ला, जेठ १ गते । जुम्लाको कनकासुन्दरी गाउँपालिका–८ मा दलित समुदायका स्वतन्त्र उम्मेदवार धनबहादुर कामीको प्यानले विजयी भएको छ । दलित समुदायले एकता गरेर स्वतन्त्र उम्मेदवारका रुपमा धनबहादुरलाई अघि सारिएको थियो । उहाँहरुले तीन सदस्य र एक वडाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार उठाउनुभएको थियो । निर्वाचन अधिकृतको कार्यालयदेखि वडा नम्बर ८ सम्म बाजागाजा र नाराजुलुस सहित विजय ¥याली निकालिका छ ।संघीयता आएपछि दलितको मुक्ति हुन नसकेको भन्दै दलितको नेतृत्व विना वडामा समृद्धि हुन नसक्ने भन्दै उहाँहरुले दलको टिकट नलिएर स्वतन्त्र रुपमा चुनावमा होमिनुभएको थियो । वडा अध्यक्ष पदका धनबहादुरले २ सय ८८ मत प्राप्त गर्दै वडाध्यक्षमा विजयी हुनुभयो । उहाँका प्रतिद्वन्द्वी काँग्रेसका कप्तानबहादुर शाही २२० मत ल्याएर पराजित हुनुभयो । वडा सदस्यमा गोल दमाई र कर्णजीत सार्कीले जित्नुभयो भने महिला सदस्यमा काँग्रेसकी रामुदेवी काफ्ले विजयी हुनुभयो ।दलित महिला सदस्यमा स्वतन्त्र उम्मेदवार चनाखी कुलाल विजय हुनुभयो । कनकासुन्दरी ८ मा वडाध्यक्ष सहित ४ जना स्वतन्त्र उम्मेदवार जितेका हुन् । एक जना महिला सदस्य मात्र कांग्रेसबाट विजय भएको निर्वाचन अधिकृतको कार्यालय कनकासुन्दरीले जनाएको छ । अहिले दलित समुदायमा खुसियाली छाएको छ ।
शेरबहादुर राईओखलढुङ्गा, जेठ १ गते । ओखलढुङ्गामा ७५ वटा वडामध्ये २६ वडाको मत परिमाण सार्वजनिक भएको छ । आईतबार दिउँसोसम्म २६ वडाको अन्तिम मत परिणाम आएको हो । प्राप्त जानकारी अनुसार १७ वडामा नेपाली काँग्रेसका उम्मेदवार विजयी हुनुभएको छ । ६ वडामा भने नेकपा एमालेको तर्फका वडा अध्यक्षको उम्मेदवार विजयी हुनुभएको छ । यसैगरि, माओवादी केन्द्रले दुई र जनता समाजवादी पार्टीले एउटा वडामा विजयी हासिल गर्नुभएको हो । कहाँ को विजयी ?चिशंखुगढी गाउँपालिकावडा नं. १ उषक कटुवाल, माओवादी केन्द्रवडा नं. ८ शुसिल जंग कार्की, नेकपा एमालेसिद्धिचरण नगरपालिकावडा नं. १ तिर्थ घिमिरे, नेपाली काँग्रेसवडा नं. २ बसन्त कटुवाल, माओवादी केन्द्रवडा नं. ११ विनोद ताम्राकार, नेपाली काँग्रेसवडा नं. १२ उमङ्ग श्रेष्ठ, नेपाली काँग्रेसमोलुङ गाउँपालिकावडा नं. २ टङ्क कार्की, नेपाली काँग्रेसवडा नं. ८ सुधिर राई, नेकपा एमालेवडा नं. ७ हेमबहादुर सुनुवार, नेकपा एमालेखिजीदेम्बा गाउँपालिकावडा नं. १ कुमार सुनुवार, जनता समाजवादी पार्टीवडा नं. ९ ङवाङफुरी शेर्पा, नेपाली काँग्रेसवडा नं. ३ टङ्क सुनुवार, नेपाली काँग्रेस वडा नं. २ सुरेन्द्र घिमिरे, नेपाली काँग्रेसवडा नं. ८ नगेन्द्र बस्नेत, नेपाली काँग्रेसलिखु गाउँपालिकावडा नं. १ हिरा कार्की, नेकपा एमालेवडा नं. ९ केशव ढुङ्गेल, नेकपा एमालेमानेभञ्ज्याङ्ग गाउँपालिकावडा नं.१ राजकुमार रुम्दाली, नेपाली काँग्रेस वडा नं. २ राममणि राई, नेपाली काँग्रेस वडा नं. ७ विष्णु प्रसाद गौतम, नेपाली काँग्रेस वडा नं. ८ भिम बलाम्पाकी मगर, नेपाली काँग्रेस वडा नं. ९ पुर्णबहादुर मगर, नेकपा एमालेसुनकोशी गाउँपापलिकावडा नं. १ प्रकाश सापकोटा, गठबन्धन नेपाली काँग्रेसचम्पादेवी गाउँपालिकावडा नं. १० रोहित प्रसाद ढुङ्गेल, नेपाली काँग्रेस वडा नं. १ कुलबहादुर श्रेष्ठ, नेपाली काँग्रेस वडा नं. ९ सुजन पौडेल, नेपाली काँग्रेस वडा नं. ८ खड्गबहादुर बराल, नेपाली काँग्रेस यस्तै, अन्य वडा तथा पालिकाहरुको धमाधम मतगणना भईरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय ओखलढुङ्गाले जनाएको छ ।
चन्द्र पन्दाकताप्लेजुङ, जेठ १ गते । ताप्लेजुङमा हालसम्म विभिन्न १९ वटा वडाको परिणाम (नतिजा) सार्वजनिक भएको छ । स्थानीय तह निर्वाचनको परिणाम आउने क्रमसँगै जिल्लाका नौ स्थानीयका ६१ वडामध्ये अहिलेसम्म उक्त सङ्ख्यामा वडा तहको नजिता सार्वजनिक भएको हो । आइतबार दिउँसो १ः४० बजे सम्ममा सार्वजनिक भएको चुनावी परिणामअनुसार १० वटा वडामा विजयी हुँदै नेकपा एमालेले अग्रता लिएको छ । यस्तै नेकपा (माओवादी केन्द्र) ले छ वटा र नेपाली काँग्रेसले चार वडामा विजयी हासिल गर्दै क्रमशः द्वितीय र तृतीय स्थानमा रहेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार एमालेको तर्फबाट मेरिङ्देन गाउँपालिका १ को वडाध्यक्षमा सविनकुमार चोङ्बाङ, वडा ५ मा जसमान केदेम, वडा ६ मा मनोजकुमार तुम्बाहाम्फे, सिदिङ्वा गाउँपालिका १ मा गोपाल बानिया, निर्वाचित हुनुभएको छ । यस्तै मिक्वाखोला गाउँपालिका १ मा राम फेम्सोहाङ लिम्बू र वडा २ मा झरेन्द्रप्रसाद थापा, पाथीभरा याङ्वरक गाउँपालिका १ मा दिलकुमार सुनुवार निर्वाचित हुनुभएको छ । सिरिजङ्घा गाउँपालिका १ मा सिंहबहादुर इवारम, मैवाखोला गाउँपालिका ६ मा राजुमान थोप्रा र आठराई त्रिबेणी गाउँपालिका ४ मा अर्जुन आङ्बुहाङ वडाध्यक्षमा निर्वाचित हुनुभएको छ । काँग्रेसको तर्फबाट फुङ्लिङ नगरपालिका १ मा रुद्र मादेन, सिदिङ्वा गाउँपालिका ७ मा लक्षुमन तामाङ, मैवाखोला गाउँपालिका ४ मा फुर्वा शेर्पा र सिरिजङ्घा गाउँपालिका ८ मा कृष्णकुमार गुरुङ वडाध्यक्षमा निर्वाचित हुनुभएको छ । माओवादी केन्द्रको तर्फबाट फुङ्लिङ नगरपालिका १० मा सन्तोष नुगो लिम्बू र वडा ११ मा युवराज भट्टराई (योगेश) निर्वाचित हुनुभएको छ । त्यस्तै फक्ताङ्लुङ गाउँपालिका १ मा यज्ञप्रसाद लिम्बू र वडा २ मा भूपेन्द्र चौलागाईं, आठराई त्रिबेणी गाउँपालिका ५ मा लक्ष्मण राई र मैवाखोला गाउँपालिका ५ को वडाध्यक्षमा केशरकुमार लिम्बू निर्वाचित हुनुभएको छ । जिल्लाका सबै स्थानीय तहमा मत गणना जारी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
सरकारले जेठ १ गतेबाट हप्तामा दुई दिन शनिबार र आइतबार विदा दिने निर्णय गरे पनि केही सरकारी अस्पतालहरुले साे निर्णय कार्यान्वयन नगर्ने भएका छन् । आयुर्वेद चिकित्सालय नरदेवी, भरतपुर अस्पताल, कान्ति बाल अस्पताल, शिक्षण अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग लगायतका अस्पतालले विभिन्न कारण देखाउँदै आइतबार विदा नदिने निर्णय गरेका हुन् ।
भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदी सोमबार विहान लुम्बिनीमा भ्रमणको लागि आउनु हुनेभएको छ । भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल, परराष्ट्र सचिव विनय मोहन क्वात्रालगायत ११ सदस्यीय टोलीसहित प्रधानमन्त्री मोदी औपचारिक भ्रमणमा लुम्विनी आउनु हुने भएको हो ।