बौद्ध दर्शन संसारका सबै वस्तु अनित्य एवं क्षणिक छन् भन्ने निरिश्वरवादी, अनात्मवादी दर्शन हो । बुद्ध दर्शनले तत्कालीन समयमा भारतीय उपमहाद्वीपमा व्यापक हलचल पैदा ग¥यो । वैदिक दर्शन, धर्म, संस्कृति र चिन्तनको बोलवाला भएको समाज र संस्कृतिमा वैदिक यज्ञ, कर्मकाण्ड, पुरोहितवाद, वर्णाश्रम व्यवस्थाजस्ता विचार, व्यवहार र चिन्तनले जरा गाडेको र ईश्वर नै सबथोक भनिएको बेला वैदिक संस्कृति र आदर्शलाई चुनौती दिँदै तत्कालीन सत्तालाई प्रहार गर्नु सामान्य विषय थिएन ।
हालको कपिलवस्तु नेपाल र भारतको सीमा जोडिएको क्षेत्र हो । बेग्लै गणराज्यका रूपमा परिचित त्यसबेलाको कपिलवस्तु छिमेकी अरू राज्यभन्दा विकसित र प्रख्यात थियो । त्यहाँ गौतम गोत्र शाक्य कुल सूर्यवंशी क्षेत्रीहरूले शासन गर्दै आएका थिए ।
नेपालमा अन्तर्राष्ट्रिय विमानस्थल बनेको सात दशकपछि दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सोेमबार भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको औपचारिक उद्घाटन गर्दै हुनुहुन्छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा बुद्ध जन्मस्थल लुम्बिनी आइपुग्नुभएको छ।
गुल्मी, जेठ १ गते। गुल्मी छत्रकोट गाउँपालिका वडा नम्बर १ मा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ। कांग्रेसका वडा अध्यक्ष उम्मेदवार घनश्याम न्यौपानेको प्यानल नै विजयी भएको हो। न्यौपानेले एमालेका वडाध्यक्ष उम्मेद्वारलाई ३९५ मतले पराजित गर्नुभएको छ। न्यौपाने १३ सय १८ मतसहित वडाध्यक्षमा निर्वाचित हुनुभएको हो। उहाँंका निकटतम प्रतिद्वन्द्वी एमालेका रणबहादुर पल्लीले ९२३ मत ल्याउनुभएको छ। अध्यक्ष न्यौपानेसहित वडामा कांग्रेसको प्यानल नै विजयी भएको हो।
गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष बिष्णुप्रसाद सुवेदीसहितको टोलीले बुटवलमा रहेको लुम्बिनी प्रदेश कार्यालयको अवलोकन गरेको छ । आइतबार भएको कार्यक्रममा कार्यकारी अध्यक्ष सुवेदी, प्रशासन प्रमुख ओम भुसाल र कमला श्रेष्ठलाई कार्यालयमा स्वागत तथा सम्मान गरिएको छ ।
रेखीराम रानापाल्पा, जेठ १ गते । मतगणनाको विषयमा विवाद भएपछि पाल्पाको रम्भामा प्रहरी र गठबन्धनका कार्यकर्ताबीच झडप भएको छ । भीड नियन्त्रण गर्न नसकेपछि शसत्र प्रहरी र नेपाल प्रहरीले आठ राउण्ड अश्रुग्यास प्रहार गरेको छ । भीड नियन्त्रण गर्ने क्रममा प्रहरीतर्फ तीन जना र दुई जना अन्य सहभागी घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । रम्भा–५, ताहुँको मत गणना गर्ने क्रममा ७४ वटा फर्जी मतपत्र भेटिएको गठबन्धनमा आबद्ध दलहरूको आरोप छ । गठबन्धनमा आबद्ध दलहरू विज्ञप्ति निकाल्दै पुनः मतदान गर्नुपर्ने र मतदान अधिकृतलाई कारबाही गर्नुपर्ने माग गरेका छन् । विवाद भएको विषयमा सहमतिका लागि पटक–पटक छलफल भएपनि निष्कर्ष निस्कन सकेको छैन । मतगणना गर्ने क्रममा फर्जी भेटिएको मतपत्र बारेमा दलका नेताहरूबीच छलफल भएको पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले जानकारी दिनुभयो । आइतबार बिहान दलका नेताहरू बसेर मतपत्र सङ्ख्याको यकिन गरेपछि कसरी अगाडि बढ्ने भन्ने सहमति भएको थियो उहाँले भन्नुभयो । तर मतगणना गर्ने कर्मचारीले पतपत्रको हिसाब मिलाउन नसकेपछि विवाद बढेको हो । विवाद बढेपछि भीडलाई नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक जनकबहादुर शाहीले जानकारी दिनुभयो । अहिले भने भीड नियन्त्रणमा आएको उहाँले बताउनुभयो ।
ध्यान कुलुङसङ्खुवासभा, जेठ १ गते । जिल्लाको सभापोखरी गाउँपालिकामा नेपाली काँग्रेस नेतृत्वको गठबन्धनले अध्यक्ष र उपाध्यक्ष पद जितेको छ । अध्यक्ष पदमा काँग्रेसका भिमबहादुर लिम्बु र नेकपा (एकिकृत समाजवादी) का उपाध्यक्ष लक्ष्मी चापागाई निर्वाचित भएका हुन् । अध्यक्ष पदका उम्मेदवार लिम्बुले ३ हजार ७ मत प्राप्त गर्नुभएको छ । उपाध्यक्ष पदका उम्मेदवार चापागाईले २ हजार ४३९ मत प्राप्त गर्नुभएको छ । निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका अध्यक्ष रत्नबहादुर सुब्बाले २ हजार ३०५ मत प्राप्त गर्नुभएको छ । त्यस्तै उपाध्यक्षका निकटतम् प्रतिद्वन्दी एमालेका सविता बरालले २ हजार ३७६ मत प्राप्त गर्नुभयो । सभापोखरी गाउँपालिकाका ६ वडाहरु मध्ये वडा १, २ र ३ एमालेले जितेको छ । वडा नम्बर ४, र ६ मा गठबन्धन अन्तर्गतको काँग्रेसले जितेको छ । मित्रवत प्रतिष्पर्धा भएकोमा वडा नम्बर ५ मा पनि काँग्रेसले नै जितेको छ ।
काठमाडौं महानगर प्रमुखमा स्वतन्त्र उम्मेदवार वालेन साहको ३४ सय दस मतसहित पहिलो स्थान कायमै छ।
मुरारी अधिकारीधादिङ, जेठ १ गते। वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा धादिङका १३ वटा नै पालिकामा मत गणना भइरहेको छ। मतगणना भएको पालिका अन्तर्गत अहिलेसम्म २१ वटा वडाको मतगणना सम्पन्न भइसकेको छ।हालसम्म विजयी भएका वडा अध्यक्षमा नेकपा (माओवादी केन्द्र)का सात जना रहेका छन्। नेपाली काँग्रेसका तर्फबाट छ जना वडा अध्यक्ष विजयी भएका छन्। नेकपा एमालेका तर्फबाट पाँच जना वडा अध्यक्ष विजयी भएका छन्। त्यसैगरी राप्रपाले दुई वटा वडा अध्यक्षमा जित हासिल गरेको छ। एकीकृत समाजवादीले एउटा वडामा जितेको छ। धादिङमा १३ वटा पालिका र १०४ वटा वडा रहेका छन्।
ताँजाकोट गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र)का लालकेश जैसी र उपाध्यक्षमा नेपाली कांग्रेसका सुरेन्द्र थापा विजयी हुनुभएको छ।
पोखरा, जेठ १ गते। स्थानीय तह सदस्य निर्वाचन-२०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता कायमै राखेका छन्।पोखरा महानगरको वडा नं १, २, १२ र २३ को तीन हजार ५०० मत गणनामा गठबन्धनबाट प्रमुख पदका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यले एक हजार ३४९ मत प्राप्त गरी अग्रता लिनुभएको छ। त्यसैगरी नेकपा (एमाले)का प्रमुखका उम्मेदवार कृष्णबहादुर थापाले एक हजार २५० मतसहित आचार्यलाई पछ्याउनुभएको छ।उपप्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार कोपिला रानाभाटले एक हजार ४५० मतसहित अग्रता बनाउनुभएको छ। उहाँका प्रतिस्पर्धी मञ्जुदेवी गुरुङले एक हजार ४०५ मतसहित रानाभाटलाई पछ्याइरहनुभएको छ।
काठमाडौं, जेठ १ गते। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँगको सम्बन्धलाई थप प्रगाढ तुल्याउनु आफ्नो भ्रमणको उद्देश्य भएको बताउनुभएको छ। लुम्बिनी भ्रमणको पूर्वसन्ध्यामा नयाँ दिल्लीबाट प्रस्थान वक्तव्य जारी गर्दै उहाँले नेपालसँगको भारतको सम्बन्ध अतुलनीय रहेको बताउनुभएको छ। वक्तव्यमा उहाँले भन्नुभएको छ, “मेरो भ्रमणको उद्देश्य शताब्दिऔँदेखि प्रगाढ र अभिलेखित पारस्परिक सम्बन्धलाई मनाउने र त्यसलाई अझ गाढा बनाउनका निम्ति हो।” प्रधानमन्त्री शेरबहादुर देउवाको गत महिना भारत भ्रमणका क्रममा भएका फलदायी छलफलपछि प्रधानमन्त्री देउवालाई फेरि भेट्न आफू आतुर रहेको बताउँदै प्रधानमन्त्री मोदीले जलविद्युत्, विकास र सम्पर्क सञ्जार विस्तारलगायत विभिन्न क्षेत्रमा सहयोग बढाउन साझा समझदारीलाई निरन्तरता दिइने वक्तव्यमा उल्लेख गर्नुभएको छ। प्रधानमन्त्री देउवाको निमन्त्रणामा उहाँ सोमबार विशेष विमानबाट यहाँ आउँदै हुनुहुन्छ। रासस
केदार तिमल्सिना बनेपा, जेठ १ गते । काभ्रेमा आईतबार साँझसम्म २१ वटा वडाको नतिजा सार्वजनिक भएको छ । हालसम्म नेकपा एमाले सबैभन्दा बढी वडामा विजयी भएका छन् । १३ वटा स्थानीय तह रहेको काभ्रेमा १३५ वटा वडा छन्। आइतबार साँझ ६ बजेसम्मको नतिजा अनुसार जिल्लाको नौ वटा वडामा एमाले, आठ वटा वडामा नेपाली काँग्रेस, तीन वटा वडामा नेकपा माओवादी केन्द्र र एउटा वडामा स्वतन्त्र उम्मेदवार वडा अध्यक्षमा विजयी हुनुभएको छ । एमाले जिल्लाको रोशी गाउँपालिका-१, धुलिखेल नगरपालिका २, ३, मण्डनदेउपुर नगरपालिका-१, चौरीदेउराली गाउँपालिका-२, बनेपा नगरपालिका–१ मा विजयी भएको हो । यसैगरी, जिल्लाको भुम्लु गाउँपालिका ३ र ४, पनौतीको वडा नम्बर २ मा वडा अध्यक्ष विजयी भएको छ । नेपाली काँग्रेसका उम्मेदवारले जिल्लाको बेथानचोक गाउँपालिका-१, भुम्लु गाउँपालिका-२, महाभारत गाउँपालिका-२, धुलिखेल नगरपालिका-१, चौरीदेउराली गाउँपालिका-१, मण्डनदेउपुर नगरपालिका-२, बनेपा नगरपालिका-२ र खानीखोला गाउँपालिका-२ मा विजयी भएका छन् । यस्तै, नेकपा माओवादी केन्द्रका तर्फबाट जिल्लाको खानीखोला गाउँपालिका-१, महाभारत गाउँपालिका-१ र भुम्लु गाउँपालिका-१ को वडा अध्यक्षमा विजयी भएका छन् भने जिल्लाको नमोबुद्ध नगरपालिका-१ मा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।
आइतबार साँझसम्म सर्लाहीको ३६ वटा वडाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ।