डोटीको जोरायल गाउँपालिकामा पुरानै जनप्रतिनिधि दोहोरीएका छन् । २०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझा र उपाध्यक्ष जमुना बोहरा पुनः निर्वाचित हुनुभएको हो । नेकपा (एमाले)का उमेदवार ओझा ३७ मतका मात्रै अन्तरले विजयी हुनुभएको हो । उपाध्यक्षमा एमालेकै उमेदवार बोहरा पनि थोरै मतान्तरले विजयी हुनुभएको छ ।
त्रिवेणी गाउँपालिका सल्यानमा अध्यक्ष उपाध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार विजयी हुनु भएको छ । पालिका अध्यक्षमा खिमबहादुर रावत र उपाध्यक्ष सीता खड्का पुन बिजयी हुनु भएको हो ।
नवलपुरको पहाडी गाउँपालिका बुलिङटारमा नेकपा एमालेले ऐतिहासिक जीत निकालेको छ । नेकपा एमालेको तर्फबाट गाउँपालिका अध्यक्ष पदको उम्मेदवार बन्नु भएका २८ वर्षीय दीपेन्द्र सुनारीमगरले ४०५९ मत प्राप्त गरि विजयी हुनु भएको छ ।
गैँडाकोट ४ को वडा अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार तेजप्रसाद घिमिरे विजयी हुनुभएको छ । उहाँले १०८६ मत प्राप्त गर्नुभयो भने उहाँका निकटतम प्रतिष्पर्धी एमालेका दिनेशराज न्यौपानेले १०३२ मत प्राप्त गर्नुभएको छ ।
दार्चुलाको शैल्यशिखर नगरपालिकामा नेकपा एमालेले जित हासिल गरेको छ । शैल्यशिखरमा जम्मा खसेको दश हजार ७३ मतमध्ये एमाले उम्मेदवार विजयसिंह धामीले पाँच हजार ५०९ मत ल्याउदै नगरप्रमुख पदमा निर्वाचित हुनुभयो ।
हेलम्बु गाउँपालिका नेपाली कांगे्रसका निमाग्याल्जेन शेर्पा अध्यक्ष र अप्सरा लामिछाने अपाध्यक्षमा विजयी हुनु भएको छ । अध्यक्ष शेर्पाले पाँच हजार ३८६ र उपाध्यक्ष लामिछानेले पाँच हजार २१४ मत ल्याउनु भई जित हाँसिल गर्नु भएको हो ।
नेपाल विद्युत् प्राधिकरणले न्यु बुटवल–गोरखपुर ४०० केभी दोस्रो अन्तरदेशीय प्रसारण लाइन बनाउने कम्पनीमा स्वामित्व स्थापित गर्ने अनुमति पाएको छ । यो प्रसारण लाइन आयोजनाअन्तर्गत भारततर्फको खण्ड निर्माण गर्न भारतमा स्थापना हुने बुटवल–गोरखपुर क्रसबोर्डर ट्रान्समिसन कम्पनीमा लगानी गर्न भारत सरकारले प्राधिकरणलाई स्वीकृति दिएको हो ।
वलपुरको पहाडी गाउँपालिका बुलिङटारमा नेकपा (एमाले) विजयी भएको छ । एमालेका तर्फबाट गाउँपालिका अध्यक्ष पदको उम्मेदवार बन्नुभएका दिपेन्द्र सुनारी मगरले चार हजार ५९ मत प्राप्त गरी विजयी हुनुभएको छ ।
रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा पुनिराज घर्ती र उपाध्यक्षमा भुपेन्द्रा बुढा निर्वाचित हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
काठमाडौं महानगर प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन साहको ५६ सय ९२ मतसहित पहिलो स्थान कायमै छ । प्रमुखमा नेकपा एमालेका केशव स्थापित २९ सय ९२ मतसहित दोस्रो र नेपाली काँग्रेसका सिर्जना सिंह २६ सय ५७ मतसहित तेस्रो स्थानमा हुनुहुन्छ ।
आदर्श गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । गाउँपालिका अध्यक्ष, उपाध्यक्ष सहित ४ वटा वडाहरूमा कांग्रेस विजयी भएको हो । गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार गणेशबहादुर खड्का विजयी हुनुभएको छ ।
दीपा राई पुनको कविता सङ्ग्रह ‘दियोको अन्तिम लप्का र शरदका पहेँला पातहरू’ सार्वजनिक भएको छ । कवि तुलसी दिवस, विमला राई, खगेन्द्र लुइँटेल, प्रगति राई, स्वयं दीपा राई पुन र विप्लव प्रतीकले कविताकृतिको लोकार्पण गर्नुभयो ।
नेकपा (एमाले) का उम्मेदवारलाई एक हजार १६३ मतान्तरले कांग्रेसका प्रकाशबहादुर साउँद विजयी हुनुभएको हो ।
पछिल्लो मत परिणाम अनुुसार हुुम्लामा दुई वटा वडामा नेकपा एमालेका वडाअध्यक्ष विजयी हुनु भएको छ । यसरी एमाले वडाअध्यक्ष निर्वाचित भएका वडाहरुमा नाम्खा गाउँपालिका–१ र सिमकोट गाउँपालिका–५ मा रहेका छन् ।
वैशाख ३० गते सम्पन्न निर्वाचनको मत गणनाको क्रममा झापाको गौरीगञ्जमा खसेको मतभन्दा बढि गणनाको क्रममा मतपत्र देखिएको भन्दै विवाद सृजना भएको छ ।