• १३ साउन २०८१, आइतबार

काठमाडौं महानगर प्रमुखमा बालेनको अग्रता कायमै

blog

काठमाडौं, जेठ १ गते । काठमाडौं महानगर प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन साहको ५६ सय ९२ मतसहित पहिलो स्थान कायमै छ ।

प्रमुखमा नेकपा एमालेका केशव स्थापित  २९ सय ९२ मतसहित दोस्रो र नेपाली काँग्रेसका सिर्जना सिंह २६ सय ५७ मतसहित तेस्रो स्थानमा हुनुहुन्छ ।

महानगरका मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले प्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीका मदनदास श्रेष्ठको ५२२, स्वतन्त्रका सुमन सायमीकाे ५१९ छ ।

प्रमुखमा निर्वाचन चिन्हहरु  तराजुमा ६५, खड्गमा छ, सुगामा तीन, किताबमा नाै,  खरायाेमा दुई, खानेपानीको धारामा १७,  चक्कामा सात, मादलमा सात, हसिया र तारमा दुई मत प्राप्त भएको छ ।

साेमबार बिहानसम्म १४ हजार सात सय ७८ मतगणना हुँदा महानगर उपप्रमुखमा हालसम्म गठबन्धनतर्फका एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले १६ सय ३२ मत प्राप्त गर्नुभएको छ । एमालेका सुनिता डंगोलले ५८ सय ९६ मत ल्याउनुभएकाे छ । उपप्रमुखमा निर्वाचन चिन्हहरु तराजुमा २७८, हलोमा १२ सय ४९, मादलमा पाँच,  खड्गमा एक, लौरोमा ६२३ र आँखीझ्यालमा ५८३, चक्कामा सात, अर्नामा छ, क्यापमा ३८ मत परेको छ ।

भृकुटीमण्डपस्थित राष्ट्रिय सभा गृहमा काठमाडौं महानगरको  मतगणना कार्य जारी छ ।