• १३ साउन २०८१, आइतबार

हेलम्बुमा कांग्रेसका निमाग्याल्जेन दोस्रो पटक विजयी

blog

हेलम्बु गाउँपालिकामा विजयी हाँसिल गरेपछि सर्मथकसँग रमाउँदै अध्यक्ष शेर्पा र उपाध्यक्ष लामिछाने । तस्बिर : गोरखापत्र

चित्र मिजार

सिन्धुपाल्चोक, जेठ २ गते । हेलम्बु गाउँपालिका नेपाली कांगे्रसका निमाग्याल्जेन शेर्पा अध्यक्ष र अप्सरा लामिछाने अपाध्यक्षमा विजयी हुनु भएको छ । अध्यक्ष शेर्पाले पाँच हजार ३८६ र उपाध्यक्ष लामिछानेले पाँच हजार २१४ मत ल्याउनु भई जित हाँसिल गर्नु भएको हो ।

शेर्पा २०७४ सालमा भएको पहिलो पटकको स्थानीय तहको निर्वाचनमा पनि एमालेका उम्मेदवारलाई भारी मतले पराजित गर्दे विजयी हुनु भएको थियो । निकटतम प्रतिद्वन्द्वी एमालेका अध्यक्ष उम्मेदवार दावा लामाले चार हजार ६०३ मत र उपाध्यक्ष उम्मेदवार गंगा अर्यालले चार हजार ६७१ मत ल्याउनु भएको थियो । 

एमाओवादी केन्द्रका अध्यक्ष उम्मेदवार पेमा लामाले ८१३ र उपाध्यक्ष उम्मेदवार सुमित्रा आचार्यले एक सय मत ल्याउनु भएको थियो । हलो चिन्हका अध्यक्ष उम्मेदवार देवीलाल लामिछाने ११९ र उपाध्यक्ष उम्मेदवार गोमादेवी अधिकारीले ८४ मत ल्याउनु भएको थियो । उक्त गाउँपालिकाको वडा नम्बर १ मा दावाग्याल्जेन शेर्पा, २ मा पेम्बा लामा ह्योल्मो, ३ दिपक खड्का, ४ मा बुद्धिमान तामाङ, ५ मा दिपकुमार तामाङ, ६ मा सञ्च खड्का, ७ मा निर बहादुर खड्का अध्यक्षमा निर्वाचित हुनुभएको छ ।