अध्यक्षमा माओवादीका उम्मेदवार दिपक देवकोटा र उपाध्यक्षमा अनिता भुजेल विजयी हुनुभएको निर्वाचन अधिकृत कमलराज भण्डारीले जानकारी दिनुभयो ।
गत निर्वाचनमा नेकपा एमालेका उम्मेदवार विजयी हुनुभएको नवदुर्गा गाउँपालिकामा अहिले भने नेपाली कांग्रेसका उम्मेदवार विजयी हुनुभएको छ । गाउँपालिका अध्यक्षमा लक्ष्मी अवस्थी र उपाध्यक्षमा निर्मला बोगटी विजयी हुनुभएको हो ।
चन्द्रकोट गाउँपालिकामा नेकपा (माओवादी) केन्द्रका युवराज केसी विजयी हुनुभएको छ ।
शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना सुस्त गतिमा हुुँदा लुम्बिनी प्रदेशका पालिका प्रमुखहरूको नतिजा आउन सकेको छैन । गुल्मीको एक स्थानीय तहको प्रमुख र उपप्रमुखको नतिजा आए पनि अन्य पालिकाको आएको छैन । वडातर्फको नतिजा भने आउन थालेको छ ।
सल्यानमा कांग्रेस, एमाले गठबन्धनले पालिकामा खाता खोलेको छ । कुमाख गाउँपालिकामा अध्यक्षमा गठबन्धनबाट नेपाली कांग्रेसका मानवहादुर वुढाथोकीले ४ हजार ५८ मत ल्याएर विजयी हुनुभएको छ ।
निर्वाचनका कारण आपूर्ति कम भएपछि काठमाडौँ उपत्यकामा बढेको तरकारीको मूल्य घट्न थालेको छ । शनिबारदेखि तरकारीको आपूर्ति बढेका कारण मूल्य घट्न थालेको व्यापारीले बताएका छन् । स्थानीय तहको निर्वाचनले गर्दा बिहीबारदेखि उपत्यकामा असाध्यै कम तरकारी आएको थियो
बोगटान फुड्सील गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र) र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । अध्यक्षमा माओवादीका उमेदवार कमल बहादुर गड्सिला विजयी हुनुभएको हो । उपाध्यक्षमा नेपाली कांग्रेसका उमेदवार विष्ना देवी बम विजयी हुनुभएको छ ।
चन्द्रकोट गाउँपालिकामा माओवादी केन्द्रका युवराज केसी विजयी हुनुभएको छ । उहाँले ५ हजार ७ सय मत ल्याएर विजयी भएको जिल्ला निर्वाचन कार्यालय गुल्मीले जनाएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका चेतन बस्नेतले ३ हजार २४७ मत प्राप्त गर्नुभयो ।
नेपाली भूमि लाप्चाबाट मानसरोवर कैलाशको दर्शन गर्ने स्वदेशी तथा विदेशी पर्यटकको सङ्ख्या बढ्दै गएको छ । अहिले सात जना विदेशीसहित दस जना पर्यटक लाप्चातर्फ लागेका छन् । लिमी उपत्यकाको अवलोकन र लाप्चाबाट मानसरोवर कैलाशको दर्शन गर्न ती पर्यटक सिमकोटबाट त्यसतर्फ लागेका हुन् । रिचा टुर एन्ड ट्राभलका पथप्रदर्शक असीम तामाङले सिमकोटबाट पैदल मार्ग हुँदै लिमी र लाप्चाबाट मानसरोवर कैलाश
स्थानीय तह निर्वाचनअन्तर्गत मनाङमा मतदान र मतगणना कार्य सकिएको छ । यहाँका चार स्थानीय तहमा नयाँ जनप्रतिनिधि आइसकेका छन् तर मनाङवासीलाई भने स्थानीय तहको निर्वाचनसँगै औषधीजन्य जडीबुटी (यार्सागुम्बा) सङ्कलनको चटारो परेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणमा भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदी सोमबार लुम्बिनीको भ्रमणमा आउँदै हुनुहुन्छ । उहाँको भ्रमणको सम्पूर्ण तयारी पूरा भएको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले भारतका प्रधानम
२५६६औँ बुद्ध जयन्ती विविध कार्यक्रमको आयोजना गरी सोमबार मनाइँदै छ । त्यस अवसरमा बुद्धको जन्मस्थान लुम्बिनीमा विशेष कार्यक्रमको आयोजना गरिँदै छ । बुद्ध जयन्तीकै अवसर पारेर शुभकामना सन्देश जारी गर्नुहुँदै राष्ट्रपति वि
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बुद्ध पूर्णिमाको अवसर पारेर लुम्बिनीमा आज (सोमबार) आयोजना हुने मुख्य समारोहमा सरिक हुन नेपालको भ्रमणमा हुनुहुन्छ । एक दिवसीय यो भ्रमणका लागि सबै खालका तयारी पूरा भएका छन् । प्रधानमन्त्री मोदीको यो भ्रमण उहाँ र सिङ्गो भारतले नेपालसँगको सम्बन्धलाई दिएको उच्च महìवका रूपमा समेत लिनुपर्ने हुन्छ । नेपाल र भारतका राष्ट्रप्रमुख, सरकारप्रमुख तथा उच्चपदस्थ नेतृत्वहरूको पारस्परिक भ्रमण आदानप्रदान दुई मुलुकबीचको गहिरो तथा प्रगाढ सम्बन्धको प्रतीकसमेत हो ।
वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमार्फत मतदाताले ७५३ पालिकामा आगामी पाँच वर्षका लागि स्थानीय सरकारको नेतृत्व छानेका छन् । निर्वाचनको प्रारम्भिक परिणाम आइरहेका छन् । केही दिनमा सबै पालिकाको परिणाम सार्वजनिक भइसक्नेछ । आम बुझाइमा मन परेको दल वा उम्मेदवारलाई भोट दिएपछि मतदान सकियो । मतदान केन्द्रमा पाँच वर्षअघि स्थानीय नेतृत्वसँग उनीहरूको यसैगरी भेट भएको थियो र अब अर्को भेट सम्भवतः एकैचोटि पाँच वर्षपछि हुनेछ ।
नेपालको संविधानले नेपाललाई धर्मनिरपेक्ष देशका रूपमा स्वीकार गरिसकेको छ । सबै धर्म, वर्ण, लिङ्गलाई समानताका रूपमा लिइएको छ । नेपाल बहुजातीय, बहुभाषा, बहुधार्मिक र बहुसांस्कृतिक विशिष्टता भएको देशका रूपमा रहेको छ । नेपालको बौद्ध सांस्कृतिक इतिहास करिब २५०० वर्षको लिखित इतिहासभन्दा धेरै लामो रहेको कुरा लुम्बिनी, निग्लिहवा, गोटिहवामा अवस्थित प्रस्तर खम्बाका अभिलेखलाई लिन सकिन्छ । तराईमा प्राप्त भएका ती अभिलेखको आधारमा नेपालभूमि ती