दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णयले पेट्रोलियम पदार्थको खपत मासिक ८ देखि १० प्रतिशत कम हुने अनुमान गरिएको छ । जेठ १ गतेदेखि हप्तामा दुई दिन शनिबार र आइतबार बिदा हुन थालेको छ । निगमका प्रवक्ता विनितमणि उपा
स्थानीय तह निर्वाचनका उम्मेदवारले मात्र होइन, आफूले मतदान गरेका उम्मेदवारले कस्तो परिणाम ल्याउलान् भन्ने चासो सबै मतदातामा उत्तिकै छ । मतदाताको व्यग्र प्रतीक्षा भए पनि मतगणना भने निकै सुस्त गतिमा भइरहेको छ । महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाको मतगणना निकै ढिलो भएको छ ।
कमल शर्मा दैलेख, जेठ २ गते । गुराँस गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले)का टोपबहादुर बिसी विजयी हुनुभएको छ । उहाँले चार हजार ६८१ मत प्राप्त गर्दै विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्दी नेपाली कांग्रेसका खेमराज ओलीले चार हजार ३६६ मत प्राप्त गर्नुभएको छ । त्यस्तै, उपाध्यक्षमा नेकपा (एमाले)की शिवा खड्का निर्वाचित हुनुभएको छ । उहाँले चार हजार ६९८ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँको प्रतिद्वन्दी कांग्रेसकी दिपा बिसीले चार हजार ११८ प्राप्त गरी उप विजेता बन्नुभएको छ । २०७४ सालको स्थानीय निर्वाचनमा गुराँस गाउँपालिकामा अध्यक्षमा कांग्रेसका खेमराज ओली र उपाध्यक्षमा दिपा बिसी विजयी हुनुभएको थियो ।गाउँपालिकाको ८ वटा वडाहरुमध्ये ६ वटा एमाले र २ वडामा कांग्रेसले जितेको छ । कांग्रेसबाट वडा नम्बर १ मा धर्मबहादुर रावल र वडा नम्बर २ मा शेरबहादुर रावल वडाध्यक्षमा विजयी भएको छ भने एमालेबाट वडा नम्बर ३ मा काशिराम शर्मा, ४ मा खड्गबहादुर शाही, ५ मा भुपेन्द्रबहादुर चन्द, ६ मा चन्द्रबहादुर राना, ७ मा नन्दबहादुर बिसी र ८ मा दिपेन्द्र ओली वडाध्यक्षमा विजयी भएको छ ।
म्याग्दीको रघुगंगा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । नेपाली कांग्रेसका भवबहादुर भण्डारीले चार हजार ३८ मत ल्याएर गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा कांग्रेसकै प्रेमकुमारी पुनले तीन हजार ३६४ मत ल्याएर निर्वाचित हुनुभएको सहायक निर्वाचन अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो ।
मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवैमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । एमालेका देवकृष्ण पुडासैनी शर्मा र उपाध्यक्षमा उमाकुमारी लामा निर्वाचित हुनुभएको हो ।
काठमाडौं महानगरपालिका –१ को वडाध्यक्षमा नेकपा (एमाले)का उम्मेदवार भरतलाल श्रेष्ठ विजयी हुनुभएको छ ।
दैलेखको भैरवी गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसबाट उम्मेदवार बन्नुभएकी रिता शाहीले तीन हजार ९७६ मत प्राप्त गर्दै विजयी हुनुभएको छ ।
रुकुम पूर्वको सिस्ने गाउँपालिका अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का कृष्ण रेग्मी विजयी हुनुभएको छ । रेग्मीले ३ हजार ७७९ मत ल्याई जित हाँसिल गर्नुभएको हो ।
दाङको बंगलाचुली गाउँपालिकामा गठबन्धनका उम्मेदवार बिजयी हुनुभएको छ । गठबन्धनबाट उम्मेदवार बन्नुभएका नेकपा माओवादी केन्द्रका तुलसीराम पुन (सुवास) र उपाध्यक्षमा नेपाली कांग्रेसका भक्तबहादुर जिसी निर्वाचित हुनुभएको हो ।
कांग्रेसबाट अध्यक्ष पदमा उम्मेदवार भएका भरतबहादुर रोकाया र उपाअध्यक्ष पदमा उम्मेदवार भएका मैना जोशी विजयी भएका छन् ।
काठमाडौँ महानगरपालिकाको मतगणनास्थल राष्ट्रिय सभागृह बाहिर रमाइलो मेलाजस्तै भीड लागेको छ । राष्ट्रिय झन्डा बोकेका युवा सभागृह अगाडिको सडक प्रदर्शनीमार्गमा मार्चपास गरेजस्तो गरी घरि यता घरि उता गर्छन् ।
बोगटान फुड्सील गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र) र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । अध्यक्षमा माओवादीका उम्मेदवार कमलबहादुर गड्सिला विजयी हुनुभएको छ भने उपाध्यक्षमा कांग्रेसका उम्मेदवार विष्ना देवी बम विजयी हुनुभएको छ ।
जिल्लाको सिलिचोङ गाउँपालिका अध्यक्ष र उपाध्यक्ष पदमा नेपाली काँग्रेसका उम्मेदवार निर्वाचित हुनुभएको छ । अध्यक्ष पदमा भुपालराज मेवाहाङ र उपाध्यक्ष पदमा देविता कुलुङ निर्वाचित हुनुभएको हो ।
पाल्पामा दुई वटा पालिकामा एमालेका उम्मेदवारले जित हासिल गरेका छन् । पूर्वखोला गाउँपालिकामा एमालेका अध्यक्षका उम्मेदवार नुनबहादुर थापा विजयी हुनुभएको छ । उहाँले ६ हजार ३९ मत ल्याएर विजयी हुनुभएको हो ।
रेसुंगा नगरपालिका नव निर्वाचित नगर प्रमुख खिलध्वज पन्थीले आफ्नो पहिलो काम विपन्नहरुको जीवनस्तर उकास्ने रहेको बताउनुभयो । समृद्धि र समुन्नत नगरपालिका निर्माणको लागि आफु सबै भन्दा पहिले विपन्नहरुको जीवनस्तर उकास्नतर्फ लाग्ने बताउनुभयो ।