• ७ वैशाख २०८१, शुक्रबार

बुलिङटारमा अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेस विजयी

blog

मीना कंडेल
कावासोती, जेठ २ गते ।
नवलपुरको पहाडी गाउँपालिका बुलिङटारमा नेकपा (एमाले) विजयी भएको छ । एमालेका तर्फबाट गाउँपालिका अध्यक्ष पदको उम्मेदवार बन्नुभएका दिपेन्द्र सुनारी मगरले चार हजार ५९ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

उहाँका निकटतम प्रतिस्पर्धी शशिकिरण बस्ताकोटीले तीन हजाार ९०० मत प्राप्त गर्नुभएको छ ।

उपाध्यक्षमा नेपाली कांग्रेसका दिलमाया राना मगरले चार हजार २३९ मत प्राप्त गरी  विजयी हुनुभएको छ । एमालेका भुमिका खण्डलुकलाई ७२० ले पराजीत गर्नुभएको हो ।

कांग्रेसको गढ मानिने बिपि पुत्र शशांक कोइरालाको पकड क्षेत्रमा एमालेका उम्मेदवार दिपेन्द्र सुनारी विजयी हुनुभएको छ ।

यसअघिको निर्वाचनमा गाउँपालिकाको प्रमुख उपप्रमुख र सबै वडा अध्यक्ष तथा सदस्यहरुमा कांग्रेसले विजयी भएको थियो । स्थानीय तह निर्वाचनमा बुलिङटार गाउँपालिकाका वडा नम्वर १, २, ३, ४ र ६ मा कांग्रेसको प्यानल नै विजयी भएको छ भने वडा नम्वर ५ मा एमाले विजयी भएको छ ।