• ४ जेठ २०८१, शुक्रबार

सल्यानको त्रिवेणी गाउँपालिकामा कांग्रेस विजयी

blog

सल्यानको त्रीवेणी गाउँपालिकामा विजयी अध्यक्ष र उपाध्यक्ष । तस्बिर : गोखरापत्र

सल्यान, जेठ २ गते । त्रिवेणी गाउँपालिका सल्यानमा अध्यक्ष उपाध्यक्षमा नेपालीकाँग्रेसका उम्मेदवार विजयी हुनुभएको छ ।  पालिका अध्यक्षमा खिमबहादुर रावत र उपाध्यक्ष सीता खड्का पुन विजयी हुनुभएको हो ।

रावतले ३३ सय ६९ मत र ३१ सय ८६  मतका साथ पुनले उपाध्यक्षमा विजयी हुनु भएको मुख्य निर्वाचन कार्यालय सल्यानले जनाएको छ । मुख्य निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेका अनुसार नेकपा एमालेका लोकेन्द्र खड्काले १७ सय ९६ मत प्राप्त गर्दा एकीकृत समाजबादिका डिल्ली केसीले २ हजार १७ मत प्राप्त गर्नुभएको छ ।

उपाध्यक्षमा एमालेका कलावती ओलिले १८ सय १९ मत प्राप्त गर्दा माओवादी केन्द्रका राजेन्द्रकुमार थापाले २ हजार ३५ मत प्राप्त गर्नुभएको हो । त्रिवेणी नेपाली काँग्रेस र एमाले एक्ला एक्लै माओवादी केन्द्र र एकीकृत समाजवादी केन्द्रले गठबन्धन गरेका थिए ।