• १३ साउन २०८१, आइतबार

गैँडाकोट ४ र ५ मा कांग्रेसको प्यानल नै विजयी

blog

मीना कंडेल
कावासोती, जेठ २ गते ।
पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका वडा नं ४ र ५ मा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ ।

गैँडाकोट ४ को वडा अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार तेजप्रसाद घिमिरे विजयी हुनुभएको छ । उहाँले १०८६ मत प्राप्त गर्नुभयो भने उहाँका निकटतम प्रतिष्पर्धी एमालेका दिनेशराज न्यौपानेले १०३२ मत प्राप्त गर्नुभएको छ ।

वडा महिला सदस्यमा इन्द्रकला घिमिरे (१०७४), दलित सदस्यमा धनमाया परियार (११६१), खुला सदस्यमा शान्ता घर्ति (१०६१) र हरि पौडेल (११५३) समतका साथ विजयी हुनुभएको छ ।


यस वडामा नगरप्रमुख पदका उम्मेदवार मदनभक्त अधिकारीले १३०५ मत प्राप्त गर्नुभयो भने एमालेका छत्रराज पौडेलले ७९६ मत प्राप्त गर्नुभयो । कांग्रेसका उपप्रमुख पदका उम्मेदवार शान्ति कोइरालाले ११२९ मत प्राप्त गर्नुभयो भने राप्रपाका तुलाराम पौडेलले ५३४ मत प्राप्त गर्नुभयो ।

यस्तै गैँडाकोट ५ मा काँग्रेसको प्यानल नै विजयी भएको छ । वडा अध्यक्ष पदका उम्मेद्वार रत्नप्रसाद सापकोटा (कांग्रेस) १५६९ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिष्पर्धी नेकपा एमालेका नवराज कंडेलले ११०८ मत ल्याउनु भयो । ४६१ मतान्तरले   रत्नप्रसाद सापकोटा विजयी हुनु भएको हो ।

त्यस्तै, महिला सदस्य पदको उम्मेद्वार शान्ति न्यौपाने (कांग्रेस) १४९९ , राधिका देवकोटा ढकाल (राप्रपा) ५१७ , टुकादेवी शर्मा (माओवादी केन्द्र) (१६८) दलित महिला सदस्य पदको उम्मेद्वार उषा परियार (कांग्रेस) १५७५ प्रमिला आत्रेय विक (एमाले) ८३४, सारदा परियार (माओवादी केन्द्र) १५४, खुला सदस्य सतुलसीराम गौतम ९काँग्रेस० १४१४ द्रोणवन सन्यासी (नेपाली कांग्रेस) १५५० , जनक पौडेल उपाध्याय (एमाले) ७०४ हरिप्रसाद ढकाल (एमाले) ७८१ म्त प्राप्त गर्नु भएको छ ।