राजन रावत
हुुम्ला वैशाख १ गते। ताँजाकोट गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र)का लालकेश जैसी र उपाध्यक्षमा नेपाली कांग्रेसका सुरेन्द्र थापा विजयी हुनुभएको छ।उहाँहरु दुवै जना गठबन्धन दलबाट विजयी हुनुभएको हो ।
ताँजाकोट गाउँपालिका सहायक निर्वाचन अधिकृत प्रेमबहादुर सिंहका अनुसार गठबन्धन दलबाट गाउँपालिकाको अध्यक्षमा जैसी र  उपाध्यक्षमा थापा विजयी हुनुभएको हो।
अध्यक्ष जैसीले १८ सय १० मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिद्वन्द्वी नेकपा (एमाले)का अजमल बुढाले ९९५ मत प्राप्त गर्नुभएको छ।उपाध्यक्ष पदमा थापा १३ सय १० मतसहित विजयी हुनुभएको छ। उहाँका प्रतिद्वन्द्वी नेकपा (एमाले)का रुपचन्द्र ऐडीले ४७७ मत प्राप्त गर्नुभएको छ।
गाउँपालिका वडाध्यक्षमा वडा नम्बर १, २, ४ र ५ मा माओवादी केन्द्र विजयी भएको छ भने वडा नम्बर ३ मा एमाले विजयी भएको छ।
 
                                        Gorkhapatra...
 
                                
                             
                                                             
                                                                 
                                                                -original-thumb.jpg) 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                -original-thumb.jpg) 
                                                 
                                                 
                                                 
                                                