• ८ जेठ २०८१, मङ्गलबार

काठमाडौं महानगर प्रमुखमा बालेनको अग्रता कायमै

blog

फाइल तस्बिर

काठमाडौं, जेठ १ गते। काठमाडौं महानगर प्रमुखमा स्वतन्त्र उम्मेदवार वालेन साहको ३४ सय दस मतसहित पहिलो स्थान कायमै छ। 

प्रमुखमा नेकपा एमालेका केशव स्थापित १६ सय ९४ मतसहित दोस्रो र नेपाली काँग्रेसका सिर्जना सिंह १६ सय २० मतसहित तेस्रो स्थानमा हुनुहुन्छ। 

महानगरका मुख्य निर्वाचन अधिकृतको कार्यालयले प्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीका मदनदास श्रेष्ठको ३२५, स्वतन्त्रका सुमन सायमी ३२८ मत परेको छ। 

प्रमुखमा निर्वाचन चिन्हहरु  तराजुमा ४६, खड्गमा पाँच, सुगामा दुई, तीरमा सात, साँचोमा एक, किताबमा पाँच, आधा खोसेलो निकालिएको मकैको घोगामा एक, पुतलीमा एक,  खरायोमा एक, खानेपानीको धारामा पाँच,  चीलमा दुई, चक्कामा पाँच, मादलमा चार, हसिया र तारमा दुई, र कलममा १२ मत प्राप्त भएको छ।

 आइतबार साँझ ८ बजेसम्मको मतगणनामा महानगर उपप्रमुखमा हालसम्म गठबन्धनतर्फका एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ९९२ मत प्राप्त गर्नुभएको छ। 

एमालेका सुनिता डंगोलले ३३ सय ८४ मत ल्याउनुभएको छ। उपप्रमुखमा निर्वाचन चिन्हहरु तराजुमा १५७, हलोमा ७६०, मादलमा दुई, खड्गमा एक, लौरोमा ३८५ र आँखीझ्यालमा ३६१, तीरमा दुई, चक्कामा तीन, हँसिया र तारामा चार, अर्नामा तीन, जेब्रामा चार, खसीको टाउकोमा एक मत परेको छ।

भृकुटीमण्डपस्थित राष्ट्रिय सभा गृहमा काठमाडौं महानगरको  छ वटा काउन्टरमार्फत मतगणना कार्य जारी रहेकोमा केही बेरपछि वडा नम्बर १ को अन्तिम मतपरिणाम सार्वजनिक गरिने कार्यालयले जनाएको छ।