• ९ जेठ २०८१, बुधबार

सर्लाहीका ३६ वडाको नतिजा : १५ वडामा काँग्रेसको जित

blog

लालबन्दी नगरपालिका–४, मा विजयी भएका नेपाली कांग्रेसका उम्मेदवार। तस्बिर : जनार्जन खत्री

जनार्जन खत्री 
सर्लाही, जेठ १ गते। आइतबार साँझसम्म सर्लाहीको ३६ वटा वडाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ।

 सार्वजनिक नतिजामध्ये १५ वटा वडामा विजयी हुँदै नेपाली कांग्रेस पहिलो पार्टी बनेको छ। कांग्रेस जिल्लाको लालबन्दी नगरपालिकाको ३ र ४, हरिवन नगरपालिकाको १, २ र ४, हरिपूर्वा नगरपालिकाको १ र ४, धनकौल गाउँपालिकाको १ र २ मा विजयी भएको हो। 

यस्तै, पर्सा गाउँपालिकाको १, ब्रह्मपुरी गाउँपालिकाको ६, मलङ्गवा नगरपालिकाको १, बलरा नगरपालिकाको १, चन्द्रनगर गाउँपालिकाको १ र रामनगर गाउँपालिकाको ६ मा नेपाली कांग्रेसका उम्मेदवार वडाध्यक्षमा निर्वाचित भएका छन्। जिल्लामा आठवटा वडामा जित हासिल गर्दै नेकपा माओवादी केन्द्र भने दोस्रो स्थानमा  छ। 

माओवादी केन्द्रले बागमती नगरपालिकाको १ र २, बलरा नगरपालिकाको १० र ११, चक्रघट्टा गाउँपालिकाको १, रामनगर गाउँपालिकाको १, हरिपुर नगरपालिकाको १ र गोडैता नगरपालिकाको १ मा विजय प्राप्त गरेको छ। 

त्यसैगरी, सर्लाहीमा नेकपा एमालेले पाँचवटा वडामा जित निकालेर तेस्रो स्थानमा छ। उसले हरिवन नगरपालिका ३, हरिपुर नगरपालिका २, ईश्वरपुर नगरपालिका १, मलङ्गवा नगरपालिका २ र धनकौल गाउँपालिका ३ मा जित निकालेको छ। 

नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी जसपाले समान तीन/तीन वटा वडामा विजयी भएका छन्। एकीकृत समाजवादीले हरिपुर नगरपालिका ८ र ९ तथा पर्सा गाउँपालिका २ र जसपाले हरिपूर्वा नगरपालिका ३, विष्णु गाउँपालिका ८ र बसबरिया गाउँपालिका १ मा जित निकालेको छ। 

लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले भने गोडैता नगरपालिका १२ र विष्णु गाउँपालिकाको १ गरेर दुईवटा वडामा विजयी प्राप्त गरेको छ। देशभरमै सबैभन्दा बढी स्थानीय तह रहेको सर्लाहीमा १९ वटा पालिकाको मतगणना जारी छ। 

बरहथवा नगरपालिकामा भने मतगणना सुरु हुन सकेको छैन। निर्वाचन आयोगले बरहथवा नगरपालिकाको १७ मा पुनः मतदान गर्ने तयारी गरेको छ।