• ८ जेठ २०८१, मङ्गलबार

नेपालसँगको सम्बन्ध प्रगाढ तुल्याउनु भ्रमणको उद्देश्य हो : मोदी

blog

काठमाडौं, जेठ १ गते। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँगको सम्बन्धलाई थप प्रगाढ तुल्याउनु आफ्नो भ्रमणको उद्देश्य भएको बताउनुभएको छ। लुम्बिनी भ्रमणको पूर्वसन्ध्यामा नयाँ दिल्लीबाट प्रस्थान वक्तव्य जारी गर्दै उहाँले नेपालसँगको भारतको सम्बन्ध अतुलनीय रहेको बताउनुभएको छ। 

वक्तव्यमा उहाँले भन्नुभएको छ, “मेरो भ्रमणको उद्देश्य शताब्दिऔँदेखि प्रगाढ र अभिलेखित पारस्परिक सम्बन्धलाई मनाउने र त्यसलाई अझ गाढा बनाउनका निम्ति हो।” 

प्रधानमन्त्री शेरबहादुर देउवाको गत महिना भारत भ्रमणका क्रममा भएका फलदायी छलफलपछि प्रधानमन्त्री देउवालाई फेरि भेट्न आफू आतुर रहेको बताउँदै प्रधानमन्त्री मोदीले जलविद्युत्, विकास र सम्पर्क सञ्जार विस्तारलगायत विभिन्न क्षेत्रमा सहयोग बढाउन साझा समझदारीलाई निरन्तरता दिइने वक्तव्यमा उल्लेख गर्नुभएको छ। 

प्रधानमन्त्री देउवाको निमन्त्रणामा उहाँ सोमबार विशेष विमानबाट यहाँ आउँदै हुनुहुन्छ। रासस