ठाकुरप्रसाद आचार्यम्याग्दी, जेठ १ गते । म्याग्दीको मालिका गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेकपा एमाले विजयी भएको छ । आइतबार दिउँसो सम्पन्न मतगणना अनुसार अध्यक्षमा बेगप्रसाद गर्बुजा र उपाध्यक्षमा लक्ष्मी देवी पुन विजयी हुनुभएको हो । निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार गर्बुजाले ३०९१ र उपाध्यक्षले ३१६७ मत प्राप्त गर्नुभएको छ । यसैगरी, प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार श्रीप्रसाद रोकाले २९७० र उपाध्यक्ष पिपला बुढाले ३१३९ मत प्राप्त गरेको निर्वाचन अधिकृतको गोविन्द उपाध्यायले जानकारी दिनुभयो । नेकपा माओवादी केन्द्रका तर्फबाट अध्यक्षका उम्मेदवार रेशम जुग्जालीले २१२५ र उपाध्यक्षका उम्मेदवार गौरी सेञ्चुरीले १७८३ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । नेपाली काँग्रेसले वडा नम्बर १ मा टंक पुन, २ मा एमालेका उदयबहादुर वुढाथोकी, ३ मा माओवादीका मोतीप्रसाद बुढा, ४ मा काँग्रेसका भेजेन्द्रमान पुन, ५ मा काँग्रेसका मिन पुन, ६ मा एमालेका पथबहादुर रोका र ७ मा एमालेका टकबहादुर पुन विजयी हुनुभएको छ ।
बाँके समाचारदाताबाँके, जेठ १ गते । नेपालगञ्ज उपमहानगरपालिकामा गठबन्धनले अग्रता फराकिलो बनाएको छ । प्रमुखमा गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका प्रशान्त विष्टले दुई हजार १४० मत प्राप्त गर्नुभएको हो । राप्रपाका नन्दलाल बैश्यले एक हजार ३३ र नेकपा एमालेका पशुपति दयाल मिश्राले ९६८ मत पाउनुभएको छ । उपप्रमुखमा गठबन्धनका तर्फबाट जसपाका कमरुद्धिन राईले एक हजार ४४२, राप्रपाका विन्दु चर्ती मगरले एक हजार ८४ र नेकपा एमालेका शान्ति ढकालले ८८४ मत प्राप्त गर्नुभएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका २३ वडामध्ये वडा नम्बर २२ र २३ को गणना सकिएको छ । नेपालगञ्जमा ८१ हजार ७९४ मतदाता मध्ये ६१ हजार २०५ मत खसेको छ । कोहलपुर नगरपालिकामा नेकपा माओवादी केन्द्रका नरेन्द्र न्यौपानेको ९६१, नेपाली काँग्रेसका पुर्ण आचार्यको ८११ र नेकपा एमालेका खिलप्रसाद भुसालको ८०९ मत आएको छ । राप्ती सोनारी गाउँपालिकामा एमालेका रामदास थारुले तीन हजार १९४, नेपाली काँग्रेसका तप्त पौडेलले दुई हजार ९७१ र नेकपा माओवादी केन्द्रका पट्टु थारुले एकहजार ५६१ मत प्राप्त गर्नुभएको हो ।यस्तै, जानकी गाउँपालिकामा नेपाली काँग्रेसका छब्बन खाँले एक हजार २५७, जसपाका राजिवकुमार कर्मीको ७४१ र नेकपा एमालेका हिमांशु यादवले ४३० मत प्राप्त गर्नुभएको छ । डुडुवा गाउँपालिकामा नेपाली काँग्रेसका पप्पु चौधरीको ७७७, नेकपा एमालेका सरोजकुमारी यादवको ७०७ र जसपाका भण्डारीलाल यादवको २६८ मत आएको छ । खजुरा गाउँपालिकामा नेकपा एमालेका सुमन मल्लको दुई हजार ६७१, नेकपा माओवादी केन्द्रका डम्बर विकको दुईहजार २४४ मत प्राप्त भएको छ । नरैनापुर गाउँपालिका र बैजनाथ गाउँपालिकामा भने शनिबारदेखि नै मतगणना स्थगित भएको छ । विवादपछि गणना स्थगित भएकोमा नरैनापुरमा पुनः सञ्चालन गर्ने सहमति भएको छ । बाँकेका ८१ वटा वडामध्ये आईतबार दिउँसोसम्म ७ वडाको मत परिणाम सार्वजनिक भएकाे छ जसमा काँग्रेस, एमाले र जसपा २-२ र नेकपा माओवादी केन्द्रले १ वटा वडामा जितेको छ । नेपालगञ्ज उपमहानगरपालिका २२ मा जसपाबाट अब्दुल गफ्फार हलवाई, नेपालगञ्ज उपमहानगरपालिका २३ मा काँग्रेसका जबर अलि बेहना, जानकी गाउँपालिका १ मा जसपाका मो. रजा राई, राप्ती सोनारी गाउँपालिका १ मा एमालेका यमबहादुर खड्का, राप्तिसोनारी गाउँपालिका ३ मा एमालेका मीनकुमार थारु, कोहलपुर नगरपालिका १ मा नेकपा माओवादी केन्द्रका बद्री प्रसाद जैशी र खजुरा गाउँपालिका १ मा काँग्रेसका मनबीर खत्री विजयी हुनुभएको छ ।
जयकृष्ण यादव इनरुवा, जेठ १ गते । सुनसरीको पाँच पालिकामा पाँच वटा वडाको मतपरिणाम सार्वजनिक भएको छ । इनरुवा नगरपालिका–१ नम्बर वडामा नेपाली काँग्रेसको प्यानल विजयी भएको छ । दुहवी नगरपालिका १ मा र सीमावर्ती बर्जु गाउँपालिका वडा नम्बर १ मा नेकपा एमालेको प्यानल विजयी भएको छ । सीमावर्ती हरिनगर गाउँपालिका वडा नम्बर ७ मा नेकपा एकीकृत समाजवादी र भोक्राहा नरसिंह गाउँपालिका १ नम्बर वडामा राप्रपाको प्यानल विजयी भएको छ । जिल्लाको भोक्राहा नरसिंह गाउँपालिका–१ नम्बर वडामा राष्टिय प्रजातन्त्र पार्टीको प्यानल विजयी भएको छ । भोक्राहा नरसिंह गाउँपालिका वडा नं १ को वडा अध्यक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मण मेहता र उहाँका प्यानलैबाटै चार जना सदस्य निर्वाचित भएका छन् । मेहताले एक हजार ९० मत ल्याएर वडा अध्यक्षमा निर्वाचित हुनुभएको निर्वाचन अधिकृत मोहनबहादुर अधिकारीले जानकारी दिनुभयो । यस वडामा ३ हजार २ सय २८ मतदाता रहेकोमा त्यसमध्ये २ हजार ४ सय ७८ मत खसेकोमा मेहताका निकटम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका युवराज दाहालले ५ सय ४७ मत ल्याएर पराजित हुनुभएको छ । सदस्यहरूमा राप्रपाकै अकुल महतो ७२९, अमजाद मिँया ६१५, सरिता उराँव ८२५ र दलित महिला सदस्यमा आरतिदेवी शर्माले ८४६ मत ल्याइ निर्वाचित हुनुभएको छ । त्यसैगरी सीमावर्ती हरिनगर गाउँपालिका–७ नम्बर वडामा नेकपा एकीकृत समाजवादी पार्टीको प्यानल विजयी भएको छ । वडा नं ७ को वडा अध्यक्षमा नेकपा ऐसका मोज्जमिल खान र उहाँका प्यानलैबाटै चार जना सदस्य निर्वाचित हुनुभएको निर्वाचन अधिकृत मोहन घिमिरेले जानकारी दिनुभयो । यस वडाका सदस्यहरूमा नेकपा एसकै सैमुल खातुन, बबितादेवी सरदार, तफेजुल अन्सारी र सईदुरहमान अन्सारी निर्वाचित हुनुभएको छ । दुहबी नगरपालिका–१ मा वडा अध्यक्षमा नेकपा एमालेका मो.अजुल हुसेनले ९२९ मत ल्याएर विजयी हुनुभएको छ । वहाँका निटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका जाकिर हुसेन मियाँले ८१३ मत ल्याउनुभएको छ ।त्यसैगरी सदरमुकाम समेत रहेको इनरुवा नगरपालिका–१ नम्बर वडामा नेपाली काँग्रेसको प्यानल विजयी भएको छ । इनरुवा नगरपालिका वडा नं १ को वडा अध्यक्षमा काँग्रेसका प्रमोद पोखरेल र उहाँका प्यानलैबाटै चार जना सदस्य निर्वाचित भएका छन् । बर्जु गाउँपालिका–१ मा वडाध्यक्षमा नेकपा एमालेका दिलबहादुर गुरुङले ९१६ मत ल्याएर विजयी हुनुभएको छ । वहाँका निटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका मनोज गच्छदारले ६८९ मत ल्याउनुभएको छ ।जिल्लाको कोशी गाउँपालिका–१ नम्बर वडामा जनता समाजवादी पार्टीको प्यानल विजयी भएको छ । कोशी गाउँपालिका वडा नं १ को वडा अध्यक्षमा जसपाका सोभितनारायण यादव र उहाँका प्यानलबाटै चार जना सदस्य निर्वाचित भएका छन् । यादवले ८७५ मत ल्याएर वडाध्यक्षमा निर्वाचित हुनुभएको निर्वाचन अधिकृत एकराज अधिकारीले जानकारी दिनुभयो । यस वडामा निकटम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका निर्मलकुमार मण्डलले ७०९ मत ल्याएर पराजित हुनुभएको छ । सदस्यहरूमा जसपाकै खुला सदस्य निधिर मण्डल र भूपेन्द्र उराँव, महिला सदस्यमा निर्मलाकुमारी मण्डल र दलित महिला सदस्यमा सतनीदेवी सदा निर्वाचित हुनुभएको छ ।
अविनाश चौधरीधनगढी, जेठ १ गते । कैलालीको बर्दगोरिया गाउँपालिका–१ को वडा अध्यक्षमा नेकपा (एमाले)का मिथुन गौतम प्यानलसहित विजयी हुनुभएको छ । ७९५ मत प्राप्त गरेर गौतम वडा अध्यक्षमा विजयी हुनुभएको हो । उहाँले नेपाली काङ्ग्रेसका उम्मेदवारलाई पराजित गर्नुभएको छ । महिला सदस्यमा मीरा आलेमगर, दलित महिला सदस्यमा सरस्वती विक, सदस्यमा रामचन्द्र कठरिया र प्रकाश साउँद विजयी हुनुभएको छ ।
मतदान कार्य भएको तीन दिनपछि नाम्खा गाउँपालिका–६ को हिमालपारीको गाउँ लिमीबाट मतपेटिका ढुवानी गर्ने कार्य भएको छ । नेपाली सेनाको हेलिकोप्टरबाट लिमीका तीन वटा मतदान केन्द्रका मतपेटिका ढुवानी गर्ने कार्य भएको हो ।
हुुम्ला समाचारदाताहुुम्ला, जेठ १ गते । जिल्लाको मध्य क्षेत्रको सर्केगार्ढ गाउँपालिका १ मा नेकपा एमाले प्यानलै विजयी भएको छ । आज भएको मतगणनाको अन्तिम परिणाममा वडा अध्यक्ष बल कार्कीसहित चार जना सदस्य निर्वाचित हुनुभएको हो ।सर्केगार्ड गाउँपालिका सहायक निर्वाचन अधिकृत मोहन गिरीले अध्यक्षका उम्मेदवार कार्कीले ३३० मत प्राप्त गरेर विजयी भएको जानकारी दिनुभयो । उहाँका निकटतम प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका तारसिंह रावतबाट ५० मतको अन्तरले विजेता बन्नुभएको हो । रावतले २८० मत ल्याउनुभएको थियो । त्यसैगरी, नेपाली काँग्रेसका अध्यक्षका उम्मेदवार सुवास रावतले २१८ मत ल्याउनुभएको थियो । विजेता अन्य सदस्यहरुमा खुल्ला सदस्यमा उब्जन मल्ल र दशरे सार्की, दलित महिला सदस्यमा झवला नेपाली र महिला सदस्यमा बाँचुकला रावतले रहनुभएको छ । हालसम्मकाे मतगणनामा एमालेको यो पहिलो जित हो ।
काठमाडौं महानगर प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन साहको २१ सय ३९ मतसहित पहिलो स्यान कायमै छ । प्रमुखमा नेकपा एमालेका केशव स्थापित ११ सय ९९ मतसहित दोस्रो र नेपाली काँग्रेसका सिर्जना सिंह एक हजार ५७ मतसहित तेस्रो स्थानमा हुनुहुन्छ ।
हरिकृष्ण ऐडीमुगु , जेठ १ गते । नेकपा एमाले ३ स्थानमा वडfध्यक्षसहितको प्यानल विजयी भएकाे छ । नेपाली काँग्रेसले हालसम्म २ स्थानमा वडाध्यक्षसहितको प्यानलले विजय हासिल गदै दाेस्राे स्थानमा रहेको छ । नेकपा माओवादीले २ स्थानमा वडाfध्यक्ष विजयी हुँदै तेस्रोमा छ । अन्य कुनै दलले विजय हासिल गर्न सकेको छैन । नेकपा एमालेले छायाँनाथ रारा नगरपालिकाको वाडनम्वर २ मा प्रयोगलाल चौलागाईको प्यानल , १३ मा वीर बहादुर खड्काको प्यानल , मुगमकार्मारोङ गाउँ पालिकाको वडा नम्बर ९ मा रतन बहादुर बुढाको प्यानल विजयी भएको छ । नेपाली काँग्रेसबाट छायाँनाथ रारा नगरपालिका १ मा पिआर मल्लको प्यानल विजयी हुनुभएको छ । खत्याड गाउँ पालिकामा नेकपा नेकपा माओवादी र नेपाली काँग्रेस को गठबन्धनबाट वडा नम्बर १मा वडा अध्यक्ष सिंहबहादुर बुढा र वडा नम्बर ११ मा रामकृष्ण कार्की विजयी हुनुभएको छ । जिल्लाको पश्चिमी भेगमा पर्ने सोरु गाउँ पालिकामा वैशाख ३० गते बिहान ७ बजे देखि बेलुका ५ बजे सम्म निर्वाचन सम्पन्न भए खतापनि मतगणना भने आज आइतवार बिहान ९ बजे बाट मतगणना सुरु भएको छ । भनि साहायक निर्वाचन सोरु गाउँ पालिकाका निर्वाचन अधिकृत निर्वाचन कार्यालयका विमल आचार्यले जानकारी गराउनुभयो । उहाँका अनुसार मतगणना ढिलो हुनुका कारण स्थानीय कार्यकर्ताबीच झगडा हुँदा समयमै मतगणना हुन नसकेको आचार्यले भन्नुभयो ।
पूर्वी नवलपरासीको बौदीकाली गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेकपा एमाले विजय हासिल गरेको छ । नेकपा एमालेका प्रकाश ओझाले तिन हजार नौ सय ७६ मत प्राप्त गरि पालिका प्रमुख मा विजयी हुनु भएको हो । उहाँका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका खड्क बहादुर (केवी) रानाले तिन हजार पाँच सय ४१ मत प्राप्त गर्नुभएको छ । त्यस्तै उपाध्यक्षमा त्यसैगरी उपाध्यक्षमा नेकपा एमालेकी डिलकुमारी केसी सारुले तिन हजार नौ सय ६२ मत प्राप्त गर्नु भएको छ भने एमालेकी धनकान्ती घिमिरेले तिन हजार ५४ मत प्राप्त गर्नुभयो ।
लीलाधर वली घोराही, जेठ १ गते । दाङमा एक जना स्वतन्त्र उम्मेदवार वडा अध्यक्षमा विजयी हुनुभएको छ । शान्तिनगर गाउँपालिका वडा नं. २ मा स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएका २७ वर्षीय सुनिल वली वडा अध्यक्षमा विजयी हुनुभएको हो । निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेदवारलाई ३२ मतले पछि पार्दै उहाँ विजयी हुनुभएको हो । वडा अध्यक्षमा निर्वाचित वलीले ६ सय २९ मत ल्याउनुभएको छ । उक्त वडामा माओवादी केन्द्रका उम्मेदवार ठाकुरप्रसाद केसीले ५ सय ९७ मत प्राप्त गर्नुभएको छ ।त्यसैगरी नेपाली कांग्रेसका उम्मेदवार टोपेन्द्रा खड्काले ३ सय ३१ मत र नेकपा एमालेका उम्मेदवार पूर्णबहादुर वलीले ३ सय ३४ मत प्राप्त गरेको लुम्विनी प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ । उक्त वडा २०७४ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसले जितेको थियो । नेपाली कांग्रेसले वडाध्यक्षमा टिकट नदिएपछि वलीले स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको थियो । उक्त वडा नेपाली कांग्रेस दाङका जिल्ला सभापति शंकरप्रसाद डाँगीको वडा हो । टिकट वितरणमा असन्तुष्टि जनाएर स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएका वलीले राजनीतिमा युवाको सहभागिता बढाउनुपर्ने र जनताको सेवकका रुपमा भएर काम गर्ने भन्दै प्रचार गर्नुभएको थियो ।
मुना हमालसुर्खेत, जेठ १ गते । पञ्चपुरी नगरपालिकाको हालसम्म चार वटा वडाको मतपरिणाम सार्वजनिक भएको छ । ११ वटा वडा रहेको नगरपालिकामा हालसम्म मतगणना सम्पन्न भएका चार वटा वडा मध्य तीन वटामा नेपाली काँग्रेस विजयी भएको छ भने एक वटा वडामा नेकपा एमाले विजयी भएको छ । निर्वाचन अधिकृत नविन कुमार भट्टका अनुसार वडा नं १ मा नेकपा एमालेका कर्ण बहादुर थापा मगर विजयी हुनु भएको छ । उहाँले ४७९ मत ल्याएर विजयी हुनु भएकाले निर्वाचन अधिकृत भट्टले जानकारी दिनुभयो । यस्तै वडा नं २ मा नेपाली काँग्रेसका यामबहादुर बिसी विजयी हुनु भएको छ । उहाँले ७२५ मत ल्याउनु भएको छ । वडा नं १० मा नेपाली काँग्रेसकै हरि प्रसाद ढकालले ६६१ मत ल्याएर विजयी हुनु भएको छ । वडा नं ११ मा पनि नेपाली काँग्रेसका धन बहादुर माँझिले ४९४ मत ल्याएर विजयी हुनु भएको निर्वाचन अधिकृत भट्टले जानकारी दिनुभयो ।
राजु लामिछाने रुकुम पश्चिम, जेठ १ गते । रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा मत गणना सम्पन्न भएका ६ वटा वडा मध्य चार वडा वडामा नेकपा माओवादी केन्द्र र दुई वटा वडामा नेपाली काँग्रेसको टिमले विजय हाँसिल गरेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । सानीभेरीमा ११ वटा वडा रहेका छन् । १ नम्वरमा टेकबहादुरको टिम विजयीसानीभेरी गाउँपालिका वडा नम्बर १ नेकपा (माओवादी केन्द्र)को प्यानल नै विजयी भएको छ । वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका टेकबहादुर पुन विजयी भएका हुनुभएकोे छ । पुनले ५ सय ६१ मत प्राप्त गर्दा उहाँका प्रतिद्वन्दी नेपाली कांग्रेसका खले पुनले २ सय ८१ मत प्राप्त गर्नु भएको छ । वडा सदस्यहरुमा महिला सदस्य विमला बि. क. रोकाले ४६६, दलित महिला सदस्य तुलसा सुनारले ५३३, खुल्ला वडा सदस्यहरु कालो पुन र मंगले कामीले क्रमश ५३३ र ४९२ मात प्राप्त गर्नुभएको छ ।२ नम्वरमा पनि माओवादी प्यानल नै विजयीसानीभेरी गाउँपालिका वडा नम्बर २ मा पनि नेकपा (माओवादी केन्द्र)को प्यानल नै विजयी भएको छ । वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका मानबहादुर पुन विजयी भएका हुनुभएको छ । उहाँले ४ सय ८४ मत प्राप्त गर्दा उहाँका प्रतिद्वन्दी नेपाली कांग्रेसका दिनेश विकले २ सय २१ मत प्राप्त गर्नु भएको छ ।३ नम्वरमा जगदिशको टिम विजयीसानीभेरी गाउँपालिकाको वडा नम्बर ३ मा पनि नेकपा (माओवादी केन्द्र)को प्यानल विजयी भएको छ । वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका जगदिश नकाल ९ सय १२ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्दी नेपाली कांग्रेसका बिनोद ओलीले ६ सय ३८ मत प्राप्त गर्नु भएको छ ।४ नम्वरमा काँग्रेसको जितसानीभेरी गाउँपालिका वडा नम्बर ४ मा नेपाली काँग्रेसको प्यानल विजयी भएको छ । वडाध्यक्षमा नेपाली काँग्रेसका मनोज कुमार बुढाथोकीले ६ सय ८६ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका प्रतिद्वन्दी माओवादी केन्द्रका खडक बहादुर चन्दले ३ सय ७८ मत प्राप्त गर्नुभएको छ । वडा महिला सदस्यमा नेपाली काँग्रेसकी गंगा चन्द ६ सय ७६ मत प्राप्त गरी बिजय हुँदा माओबादी केन्द्रकी कलधरी खत्रीले ३ सय ९५ मत प्राप्त गर्नुभएको छ । त्यस्तै दलित महिला तर्फ नेपाली काँग्रेसकी लक्ष्मी रसाइँलीले ६ सय ७४ मत प्राप्त गरेर बिजय हात पार्दा माओवादी केन्द्रकी चन्द्रकली कामीले ३ सय ७५ मत प्राप्त गर्नुभएको छ ।त्यस्तै खुल्ला सदस्य तर्फ नेपाली काँग्रेसका भद्र बुढाले ६ सय ५१ मत र बिमल प्रकाश बुढाथोकीले ६ सय ८९ मत प्राप्त गरी बिजय हुनुभएको छ । उहाँहरुका निकटतम प्रतिद्वन्दी माओवादी केन्द्रका खले बुढाले ३ सय ९९ र मदनदाश बिकले ३ सय ५४ मत प्राप्त गर्नुभएको छ ।५ नम्वरमा काँग्रेसकै नेतृत्ववडा नम्बर ५ मा नेपाली काँग्रेसको विजयी भएको छ । वडाध्यक्षमा नेपाली काँग्रेसका अलबहादुर खत्रीले ४ सय ६२ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्दी माओवादी केन्द्रका तिर्थ बहादुर खत्रीले ४ सय ३४ मत प्राप्त गरी पराजित हुनु भएको छ ।वडा महिला सदस्यमा नेपाली काँग्रेसकी गिता बाँठा ४ सय ४९ मत प्राप्त गरी बिजय हुँदा माओवादी केन्द्रकी कमला बस्नेतले ४ सय ३९ मत प्राप्त गर्नुभएको छ भने दलित महिला तर्फ नेपाली काँग्रेसकी कमला चदाराले ४ सय ६४ मत प्राप्त गरेर बिजय हात पार्दा उहाँकी प्रतिद्वन्दी माओवादी केन्द्रकी रिता कामीले ४ सय ३८ मत प्राप्त गर्नुभएको छ । त्यसैगरि खुल्ला सदस्य तर्फ गठबन्धनबाट नेपाली काँग्रेसका दलजित बस्नेतले ४ सय ३७ मत र नैने कुसारीले ४ सय ४५ मत प्राप्त गरी बिजय हुनुभएको छ । उहाँहरुका निकटतम प्रतिद्वन्दी माओबादी केन्द्रका डिलाराम कुसारीले ४ सय ३३ र पर्शुराम खत्रीले ४ सय २१ मत प्राप्त गर्नुभएको छ । सानीभेरी गाउँपालिका वडा नं ६ को मत परिणाम गाउँपालिकाको वडा नम्वर ६ मा पनि नेकपा माओवादी केन्द्रको प्यानल विजयी भएको छ । वडा अध्यक्षमा नेकपा माओवादी केन्द्रका पहलसिं घर्ति मगरले १५५ मत ल्याएर निर्वाचित हुुनुभएको छ । उहाँका प्रतिद्वन्दी नेपाली काँग्रेसका चन्द्रबहादुर कुसारीले १३२ मत प्राप्त गर्नुभएको छ । अध्यक्ष र उपाध्यक्षमा फराकिलो मतान्तरसानीभेरी गाउँपालिकाका पाँच वडा वडाको मत गणना सकिदासम्म गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवैमा माओवादी केन्द्रका उम्मेदवारले फराकिलो मतान्तर बनाएका छन् ।अध्यक्षमा माओवादी केन्द्रका बिर्खबहादुर बिष्टले तीन हजार सात र मत सहित अग्रता कायम गर्नुभएको छ । उहाँका प्रतिद्वन्दी कांग्रेस–एमाले गठबन्धनबाट काँग्रेसका गोरखप्रसाद चन्दले दुई हजार दुई सय २९ मत ल्याउनु भएको छ । त्यस्तै छाता चिन्हका उम्मेदवार मिम कुमार ओलीले ४० मत ल्याउनुभएको छ भने हलो चिन्हका उमेदवार टंकप्रकाश घर्तीले २७ मत ल्याउनुभएको छ । उपाध्यक्षमा माओवादी केन्द्रकी कमला रोका पुनले तीन हजार १२ मत ल्याउँदा काँग्रेस एमाले गठबन्धनबाट एमालेका प्रकाश खड्काले एक हजार पाँच सय ८९ मत ल्याउनु भएको छ ।
जयकृष्ण यादव इनरुवा, जेठ १ गते । सुनसरीका चार पालिकामा पाँच वटा वडाको मतपरिणाम सार्वजनिक भएको छ । इनरुवा नगरपालिका १ वडामा नेपाली काँग्रसको प्यानल विजयी भएको हाे । दुहवी नगरपालिका १ मा र सीमावर्ती बर्जु गाउँपालिका १ मा नेकपा एमाले र सीमावर्ती हरिनगर गाउँपालिका ७ मा नेकपा एकीकृत समाजवादी र भोक्राहा नरसिंह गाउँपालिका १ मा राप्रपाको प्यानल विजयी भएको छ । जिल्लाको भोक्राहा नरसिंह गाउँपालिका १ मा राष्ट्रिय प्रजातन्त्र पार्टी र भोक्राहा नरसिंह गाउँपालिका १ को वडा अध्यक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्षमण मेहता र उहाँका प्यानलैबाटै चार जना सदस्य निर्वाचित भएका छन् । मेहताले एक हजार ९० मत ल्याएर वडा अध्यक्षमा निर्वाचित हुनुभएको निर्वाचन अधिकृत मोहनबहादुर अधिकारीले जानकारी दिनुभयो । यस वडामा ३ हजार २ सय २८ मतदाता रहेकोमा त्यसमध्ये २ हजार ४ सय ७८ मत खसेकोमा मेहताका निकटम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका युवराज दाहालले ५ सय ४७ मत ल्याएर पराजित हुनुभएको छ । सदस्यहरूमा राप्रपाकै अकुल महतो ७२९, अमजाद मिँया ६१५, सरिता उराँव ८२५ र दलित महिला सदस्यमा आरतिदेवी शर्माले ८४६ मत ल्याइ निर्वाचित हुनुभएको छ । त्यसैगरी, सीमावर्ती हरिनगर गाउँपालिका ७ मा नेकपा एकीकृत समाजवादी पार्टीको प्यानल र ७ को वडा अध्यक्षमा नेकपा ऐसका मोज्जमिल खान र उहाँका प्यानलैबाटै चार जना सदस्य निर्वाचित हुनुभएको निर्वाचन अधिकृत मोहन घिमिरेले जानकारी दिनुभयो । यस वडाका सदस्यहरूमा नेकपा एसकै सैमुल खातुन, बबितादेवी सरदार, तफेजुल अन्सारी र सईदुरहमान अन्सारी निर्वाचित हुनुभएको छ । दुहबी नगरपालिका १ को वडा अध्यक्षमा नेकपा एमालेका मो.अजुल हुसेनले ९२९ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका जाकिर हुसेन मियाँले ८१३ मत ल्याउनुभएको छ ।साथै, इनरुवा नगरपालिका १ मा नेपाली काँग्रेसको प्यानल र वडा अध्यक्षमा काँग्रेसका प्रमोद पोखरेल र उहाँका प्यानलैबाटै चार जना सदस्य निर्वाचित भएका छन् । बर्जु गाउँपालिका १ मा वडा अध्यक्षमा नेकपा एमालेका दिलबहादुर गुरुङ ९१६ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका मनोज गच्छदारले ६८९ मत प्राप्त गर्नुभएको हो ।
उदयपुरको कटारी नगरपालिका वडा नं १० स्थित जनता कालिका माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा प्रहरी र स्थानीयबीच झडप हुँदा प्रहरीले चलाएको गोली लागेर मृत्यु भएका एक युवकको शव अझै घटनास्थलमैै रहेको छ । कटारी नगरपालिका वडा नं १० सोरुङ्गछविसेका १९ वर्षीय नविन कटुवालको शव तीनदिनदेखि मतदान केन्द्रमै रहेको छ ।
ललिता साह बोदेबर्साईन( सप्तरी ), जेठ १ गते । सप्तरीको फरक फरक पालिका गरी आठ वटा वडाको मतपरिणाम सार्वजनिक भएको छ । सप्तरीको विभिन्न पालिकाको वडा अध्यक्ष निर्वाचित हुँदै गर्दा काँग्रेस दुई , जसपा तीन वडा अध्यक्ष, एमाले, लोसपा र जनमत पार्टी एक ÷ एक वडामा निर्वाचित हुनुभएकाे छ ।राजविराज नगरपालिका वडा नम्बर –१६ मा जनता समाजवादी पार्टीका उम्मेदवार रामएकवाल यादवले विजय हासिल गर्नुभएको छ । त्यसैगरी सप्तकोशी नगरपालिका–१ मा नेपाली काँग्रेसबाट वडा अध्यक्षमा रोहिणीप्रसाद पोखरेलको टिम विजयी भएको छ। काँग्रेसकै खुला सदस्यमा दिपक राई र जनकबहादुर राउत, महिला सदस्यमा सीताकुमारी चौधरी र दलित महिला सदस्यमा भीमकुमारी नेपाल विजयी भएका छन्। योसँगै सप्तरीमा आइतवार विहान सम्ममा काँग्रेस , एमाले, लोसपा , जसपा र जनमत गरी पाँच पार्टीले फरक फरक स्थानीय तहको वडाहरूमा जीत हात पारेका छन्।सप्तरीको १६ वटा स्थानीय तहमा भइरहेको निर्वाचनको मतगणनाको पछिल्लो नतिजा अनुसार अग्नीसाइर कृष्णसवरण गाउँपालिका वडा नम्बर १ मा एमालेका वडाध्यक्षका उम्मेदवार प्यानलसहित विजयी भएको निर्वाचन कार्यालय सप्तरीका प्रमुख रमेशकुमार जोशीले जनाउनुभयो ।एमालेका उम्मेदवार सबजुल खलिफाले छ सय ४१ मत ल्याइ वडा अध्यक्षमा विजयी भएका हुन्। निकटतम प्रतिद्वन्द्वी काँग्रेसका अछमितलाल चौधरीले पाँच सय ५० र जसपाका रामनारायण चौधरीले पाँच सय १४ मत ल्याउनुभएको छ । खुला सदस्यमा भने एमालेका देवकान्त चौधरी र रामगेन सिंह, महिला सदस्यमा वैजनाथ देबी थरुनी र दलित महिला सदस्यमा पार्वतीदेवी राम विजयी हुनुभएकाे छ । यता खडक नगरपालिका १ मा लोसपाबाट वडा अध्यक्षमा राजकुमार साह आठ सय ११ मत ल्याएर विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी जसपाका सिंहेश्वर मण्डलले छ सय ३८ मत ल्याउनुभएको छ । महिला सदस्यमा लोसपाकै अभाना खातुन, लित महिला सदस्यमा ललितादेबी राम तथा सदस्यहरूमा दिलीपकुमार मण्डल र त्रिभुवन मण्डल विजयी हुनुभएकाे छ । खडक नगरपालिका वडा नम्बर २ को वडा अध्यक्ष पदमा जसपाका हरेराम मण्डल नौ मत बढी ल्याइ विजयी हुनुभएको हो । निकटतम् प्रतिद्वन्द्वी नेपाली काँग्रेसका धर्मदेव साहले तीन सय ५९ मत प्राप्त गरेका हुन् ।कुल एक हजार चार सय ७५ मतको गणनापश्चात् नेपाली काँग्रेसले महिला वडा सदस्य र दलित महिला सदस्य जितेको छ। खुला सदस्यमा भने एमाले र जसपाले जित हात पारेका छन् । शम्भुनाथ नगरपालिकामा काँग्रेसका जिवछ साहले चार सय ७४ मत ल्याई वडा अध्यक्ष पदमा प्यानलसहित निर्वाचित हुनुभएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी जसपाका बद्रीनारायण यादवले तीन सय ७१ मत ल्याएका छन्। खुला सदस्यमा राधादेवी चौधरी र बिमलाकुमारी चौधरी, महिला सदस्यमा फूलकुमारी चौधरी र दलित महिला सदस्यमा इनरवती देबी राम विजयी हुनुभएकी छिन्। कञ्चनरूप नगरपालिका वडा नम्बर १ मा प्यानलसहित जसपा नेपालका रव्बान खान विजयी हुनुभएको छ । यता हनुमाननगर कङ्कालिनी नगरपालिका–१ को वडा अध्यक्षमा जनमत पार्टीका सुरेन्द्र मण्डल प्यानलसहित निर्वाचित भई पार्टीका खाता खोल्नुभएको छ । विवादका कारण सप्तरीमा स्थगित दुई मतदना स्थलमध्ये आइतबार डाक्नेश्वरी नगरपालिका–२ हरिराहामा मतदान हुँदैछ भने सोमबार रूपनी गाउँपालिका–५ बसबिट्टीमा मतदान हुने कार्यालय प्रमुख जोशीले भनुभयो ।