• ६ जेठ २०८१, आइतबार

दाङमा स्वतन्त्र उम्मेवार वडा अध्यक्षमा विजयी

blog

शान्तिनगर गाउँपालिका वडा नं. २ मा निर्वाचित स्वतन्त्र उम्मेदवार सुनिल वली

लीलाधर वली 

घोराही, जेठ १ गते । दाङमा एक जना स्वतन्त्र उम्मेदवार वडा अध्यक्षमा विजयी हुनुभएको छ । शान्तिनगर गाउँपालिका वडा नं. २ मा स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएका २७ वर्षीय सुनिल वली वडा अध्यक्षमा विजयी हुनुभएको हो । 

निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेदवारलाई ३२ मतले पछि पार्दै उहाँ विजयी हुनुभएको हो । वडा अध्यक्षमा निर्वाचित वलीले ६ सय २९ मत ल्याउनुभएको छ ।  उक्त वडामा माओवादी केन्द्रका उम्मेदवार ठाकुरप्रसाद केसीले ५ सय ९७ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी नेपाली कांग्रेसका उम्मेदवार टोपेन्द्रा खड्काले ३ सय ३१ मत र नेकपा एमालेका उम्मेदवार पूर्णबहादुर वलीले ३ सय ३४ मत प्राप्त गरेको लुम्विनी प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ । उक्त वडा २०७४ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसले जितेको थियो । 

नेपाली कांग्रेसले वडाध्यक्षमा टिकट नदिएपछि वलीले स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको थियो । उक्त वडा नेपाली कांग्रेस दाङका जिल्ला सभापति शंकरप्रसाद डाँगीको वडा हो । 

टिकट वितरणमा असन्तुष्टि जनाएर स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएका वलीले राजनीतिमा युवाको सहभागिता बढाउनुपर्ने र जनताको सेवकका रुपमा भएर काम गर्ने भन्दै प्रचार गर्नुभएको थियो ।