सर्वाेच्च शिखर सगरमाथा आरोहणका क्रममा हुने मृत्युदर कम गर्न अति उच्च उचाइको वातावरणसम्बन्धी अध्ययन सुरु भएको छ । सगरमाथा आरोहण गर्ने क्रममा विभिन्न उचाइका स्थानमा आरोहीको मृत्य हुन थालेपछि चीनले सगरमाथामा ती स्थानको बरफ र हिउँको नमुना सङ्कलन गरी अध्ययन र अनुसन्धान गर्न थालेको हो । चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार यस अध्ययनले अति उच्च उचाइको वातावरणले मानिसको शरीरमा पार्ने प्रभाव र उक्त प्रभावलाई कसरी कम गर्न सकिन्छ भन्नेबारे तथ्य सार्वजनिक गर्ने विश्वास गरिएको छ ।
गुल्मी जिल्लाको रेसुंगा नगरपालिकाको नगर प्रमुखमा नेपाली कांग्रेस गुल्मीका सभापति खिलध्वज पन्थी निर्वाचित हुनुभएको छ । पन्थीले नगरप्रमुखमा ८ हजार ६१४ मत ल्याएर नगरप्रमुखमा विजयी हुनुभएको हो ।
हलिउड चलचित्र ‘डक्टर स्ट्रेन्ज : इन द मल्टिभर्स अफ म्याडनेस’ २०१६ मा प्रदर्शन भएको ‘डक्टर स्ट्रेन्ज’को सिक्वेल हो । यो दर्शकले धेरै महिनाअघिदेखि प्रतीक्षा गरेर बसेको चलचित्र हो । चलचित्रको लोकप्रियताकै कारण यो विभिन्न भाषामा धेरै देशमा प्रदर्शन गरिएको छ । च
गुल्मीदरवार गाउँपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेसका सरोज थापा निर्वाचित हुनुभएको छ । उपाध्यक्षमा पनि नेपाली कांग्रेसकै तारा थापा निर्वाचित हुनुभएको हो । अध्यक्षमा थापाले ६ हजार १६६ मत प्राप्त गर्नुभयो ।
कैलालीको कैलारी गाउँपालिका–१ को वडा अध्यक्षमा नेपाली कांग्रेसका ध्वजहरिपाल बोहरा प्यानलसहित विजयी हुनु भएको छ । उहाँ एक हजार ११५ मत प्राप्त गरेर वडा अध्यक्षमा विजयी हुनु भएको हो ।
कैलालीको कैलारी गाउँपालिका–१ को वडा अध्यक्षमा नेपाली कांग्रेसका ध्वजहरिपाल बोहरा प्यानलसहित विजयी हुनु भएको छ ।
काठमाडौं महानगरपालिकाको पछिल्लो मतपरिणाम अनुसार प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन शाह १५७५ मतसहित पहिलो स्थानमा हुनुहुन्छ । आइतबार बिहान ८:०० बजेसम्मको मतगणनामा नेकपा एमालेका केशव स्थापितले ९८५, नेपाली कांग्रेसककी सिर्जना सिंहले ८२५ मत प्राप्त गर्नुभएको छ ।
खार्पुनाथ गाउँपालिकामा गठबन्धन दलकातर्फबाट नेपाली काँग्रेसका कर्णबहादुर रावल विजयी हुनु भएको छ । उक्त गाउँपालिकाका सबै निर्वाचित पदमा गठबन्धन दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी हुनु भएको हो ।
मालचलानी कम्पनीका रूपमा संस्थागत अवधारणाबाट जन्म भएको बीमा व्यवसायले ७५ वर्षको इतिहास पार गरिसकेको छ । यो अवधिमा बीमा क्षेत्रले अपेक्षित गति लिन नसके पनि पछिल्लो समय बीमा क्षेत्रका उपलब्धि सकारात्मक छन् ।
नेपाली काँग्रेसले ८ स्थानमा वडाध्यक्षमा विजयी हुँदै हालसम्म पहिलो स्थानमा छ । नेकपा एमालेले ६ स्थानमा विजय हासिल गदै द्रोसो स्थानमा रहेको छ ।
सुनकोशी गाउँपालिका–१ ओखलढुङ्गामा गठबन्धनका उम्मेदवार विजयी हुनुभएको छ । गठबन्धनको वडा अध्यक्षका उम्मेदवार प्रकाश सापकोटाको प्यानल विजयी भएको हो ।
डोटीको बडीकेदार गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । गाउँपालिका अध्यक्ष, उपाध्यक्ष सहित दुई वटा वडामा कांग्रेसका उम्मेदवार विजयी हुनुभएको हो ।नेपाली कांग्रेसका उम्मेदवार भैरब बहादुर साउद २ हजार ३ सय ४३ मत सहित गाउँपालिका अध्यक्षमा विजयी हुनुभएको हो ।
सर्लाहीका किसानले यो वर्ष भान्टा खेतीबाट राम्रो कमाइ गरिरहेका छन् । मूल्य र बजार दुवै पाएकाले भान्टा खेती गरेका किसानलाई यो पटक राम्रो आम्दानी भइरहेको हो । किसानका अनुसार बजारमा अहिले भान्टाको माग बढेको छ ।
चलचित्र ‘हनी बनी’मा बलिउड अभिनेता अभिमन्यु तोमार अनुबन्धित हुनुभएको छ । दिवाकर भट्टराईले निर्देशन गर्न‘भएको चलचित्रमा पहिला अनमोल केसीलाई अनुबन्धन गरिएको थियो तर केसीले चलचित्र छाडेपछि निर्माण युनिटले अभिमन्यु लिएको हो । तो
दैलेखको नौमुले गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका छविराम सुवेदी विजयी हुनुभएको छ । उहाँले तीन हजार २०० मत ल्याएर अध्यक्षमा विजयी हुनुभएको हो ।