शेयर गर्नुहोस:
                                        
                                    
                                    
                                        फन्ट परिवर्तन गर्नुहोस:
                                        
                                        
                                        
                                    
                                काठमाडौं, जेठ १ गते । बलिउड अभिनेता सलमान खानका भाइ अभिनेता तथा निर्देशक सोहेल खान र उहाँकी पत्नी सीमा खानबीच सम्बन्ध विच्छेद हुने भएको छ । सम्बन्धविच्छेदका लागि उहाँहरु मुम्बई पारिवारिक कोर्ट पुगेको भारतीय सञ्चार माध्यमले जनाएको छ ।
उहाँहरूले विवाह गरेको २४ वर्षपछि सम्बन्धविच्छेद गर्न लागेका हुन् । भारतीय सञ्चार माध्यमले जनाए अनुसार धेरै लामो समयदेखि अलगिएर बस्नुभएका उहाँहरूको दुई छोरा निर्भान र योहान छन् । 
सीमा फेसन डिजाइनर हुन् । उहाँ मुम्बईमा एउटा फेसन हाउस सञ्चालन गर्नुहुन्छ ।
सोहेल र सीमाबीच सन् १९९८ मा प्रेम विवाह भएको थियो । 
 
                                        
                                                    गोरखापत्र
                                                
                                            
                                                                                            Gorkhapatra...
 
                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                -original-thumb.jpg) 
                                                 
                                                 
                                                 
                                                