काठमाडौं, जेठ १ गते । मतगणना कार्यलाई अझ व्यवस्थित रुपले अगाडि बढाउन निर्वाचन आयोगले आग्रह गरेको छ । आइतबार विज्ञप्ति निकाल्दै तोकिएको समयभित्रै मतगणना सम्पन्न गर्न/गराउन सबै सरोकारवालासँग निर्वाचन आयोगले आग्रह गरेको हो ।
विज्ञप्तिमा मतगणना कार्यमा खटिएका कर्मचारीहरु पदीय जिम्मेवारी तथा निर्वाचनको स्वच्छता निष्पक्षतालाई दृष्टिगत गरी राम्रोसँग मतगणना निर्देशिकाको अध्ययन गरी मतगणना कार्य छिटो भन्दा छिटो सम्पन्न गर्न राजनीतिक दल, उम्मेदवार तथा उम्मेदवारहरुका प्रतिनिधिहरु व्यवस्थित र अनुशासित भएर छिटो सम्मन्न गर्ने कार्यमा मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृहरुलाई आवश्यक सहयोग र सहजीकरण गरी मतगणना कार्यलाई अझ व्यवस्थित रुपले अगाडि बढाई तोकिएको समयभित्रै सम्पन्न गर्न आग्रह गरेको हो ।
सामान्य मानवीय त्रुटिका विषयलाई अनावश्यक रुपमा उचाली विवादको विषय बनाई मतगणना कार्य रोक्ने हुलहुज्जत गर्ने, नाराबाजी गर्ने र समग्र मतगणना कार्यलाई ढिलाई गर्ने गरिएको प्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको बताइएकाे छ । यस किसिमका गतिविधिबाट आयोगको पूर्वयोजना अनुसार जेठ ५ गते अगावै मतगणना कार्य सम्मन्न गर्ने कार्यमा हुने बताइएकाे छ ।