सरकारले गणतन्त्र दिवस तीन दिनसम्म मनाउने भएको छ । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको गणतन्त्र दिवस २०७९ मूल समारोह समितिको बैठकले गणतन्त्र दिवस तीन दिनसम्म कार्यक्रम गरी भव्यरूपमा मनाउने निर्णय गरेको हो ।
नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा प्रतिनिधि सभाको बैठक सुरु भएको छ । बैठकमा आर्थिक वर्ष २०७९–८० का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतासम्बन्धमा छलफल जारी छ ।
कपिलवस्तुको बाणगङ्गा नगरपालिकाको प्रमुखमा नेकपा (एमाले)का चक्रपाणि अर्याल र उपप्रमुखमा रीता चौधरी विजयी हुनुभएको छ ।
दार्चुलाका नौ वटै स्थानीय तहमा निर्वाचित अध्यक्ष र प्रमुखहरुले बिहीबार शपथ ग्रहण गरेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय दार्चुलामा जिल्ला न्यायधिस कोमलप्रसाद आचार्यले अध्यक्ष र प्रमुखहरुलाई सपथ ग्रहण गराउनुभएको हो ।
खार्पुुनाथ गाउँपालिका केन्द्र याङ्चुु बजारमा मतगणनास्थल बाहिर कुटिएर घाइते भएका छत्तबहादुुर शाहीको मृत्युु भएको छ । उहाँको नेपालगंजस्थित नर्सिङ होममा उपचारका क्रममा मृत्युु भएको हो ।
गोरखा नगरपालिकाको प्रमुखमा नेकपा माओवादी केन्द्रका कृष्णबहादुर रानामगर विजयी हुनुभएको छ । उपप्रमुख भने नेपाली काँग्रेसकी मसलीमायाँ थोकर (सपना पुन) ले जित्नुभएको छ । नगरप्रमुखमा विजयी रानाले ८ हजार ९६४ मत ल्याउनु भएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी राजनराज पन्तले ७ हजार १०८ मत प्राप्त गर्नुभएको छ ।
प्रहरीले अवैध सुनसहित एक जनालाई पक्राउ गरेको छ । भारतबाट अवैधरुपमा नेपाल भित्र्याउँदै गरेको २८ लाख रुपियाँ बढीको सुनसहित प्रहरीले एक जनालाई पक्राउ गरेको हो ।
गोरखाको पालुङटार नगरपालिकामा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको गृहनगर पालुङटारमा जनता समाजवादी पार्टी र एमालेको गठबन्धनलाई हराउँदै माओवादी विजयी भएको हो ।
वैशाख ३० गते एकै चरणमा सम्पन्न भएको स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिको कार्यकाल भोलि जेठ ६ गतेबाट सुरु हुने भएको छ । कार्यभार सम्हाल्नुअघि नवनिर्वाचित जनप्रतिनिधिहरूले शपथ दिनुपर्ने कानुनी व्यवस्था छ ।
सुनकोशी गाउँपालिका अध्यक्षमा नेकपा एमालेका टपिन्द्र तिमल्सिना र उपाध्यक्षमा काँग्रेसकी कान्छीमाया तामाङ विजयी भएका छन् । अध्यक्ष तिमल्सिनाले ५ हजार ९३२ मत र उहाँका निकटतम प्रतिद्वन्द्वीकाँग्रेसका श्रवणकुमार जिसीले ५ हजार ७९१ मत ल्याउनु भएको छ ।
रुपन्देही जिल्लाको मायादेवी गाउँपालिकामा पुनः नेपाली काँग्रेसले जित निकालेको छ । मायाँदेवी गाउँपालिका अध्यक्षमा नेपाली काँग्रेसका ध्रुवनारायण चौधरी निर्वाचित हुनुभएको हो ।
जयकृष्ण यादव इनरुवा, जेठ ५ गते । सुनसरीको १२ स्थानीय तहमध्ये गढी गाउँपालिकाको पनि नतिजा सार्वजनिक भएको छ । जिल्लाको दुई उपमहानगरपालिका धरान र इटहरी, चार नगरपालिका इनरुवा, रामधुनी, दुहवी र बराहक्षेत्रमा मतगणना जारी छ । त्यसैगरी जिल्लाको कोशी, बर्जु र हरिनगर गाउँपालिकामा मतगणना जारी छ । यसबीचमा गढी गाउँपालिकामा नेकपा एमालेबाट अध्यक्षका उम्मेदबार आशनारायण चौधरी र उपाध्यक्षमा सोही पार्टीका उम्मेदबार अनिता कुमारी साह विजयी हुनुभएको छ ।गढी गाउँपालिकाको अध्यक्षमा चौधरीले आठ हजार ९०१ मत सहित विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदबार महेश दत्तले पाँच हजार ३५० मत प्राप्त गरी पराजित हुनुभएको छ । यहाँ उपाध्यक्षमा साहले पनि काँग्रेसकै उम्मेदवार राजकुमारी चौधरीलाई फराकिलो मतान्तरले पराजित गर्दै जित हात पार्नुभएको हो । साहले सात हजार ८ सय १५ मत ल्याएर विजयी हुनुभएको छ भने नेपाली काँग्रेसकी राजकुमारी चौधरीले पाँच हजार ८ सय ३८ मत प्राप्त गरी जराजित हुनुभएको छ ।यस पालिकामा यसअघि नेपाली काँग्रेसका श्रीप्रसाद यादवले जित निकालेर पाँच वर्षे कार्यकाल चलाउनुभएको थियो । उपाध्यक्षका उम्मेदवार पहिलो कार्यकाल चलाए पनि दोस्रो निर्वाचनमा दुई हजार बढी मतान्तरले पराजित हुनुभयो । गढी गाउँपालिकाको वडा नं. १ मा नेपाली काँग्रेसको प्यानल विजयी भएको छ भने त्यस वडामा बाहेक एमालेले सबैमा प्यानलै जित हासिल गरेको छ । यसअघि वडा नं. २, ३, ४, ५ र ६ मा एमालेका उम्मेदवारले जित हासिल गरेका छन् ।
बागलुङको काठेखोला गाउँपालिकामा पहिलो स्थानीय तह निर्वाचनमा (नेकपा एमाल)ले पालिका प्रमुखसहित बहुमत वडा जितेको थियो ।
विश्व फुटबल महासंघ (फिफा) ले प्रतिबन्धित अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष गणेश थापालाई फुटबलको कुनैपनि गतिविधिमा सामेल नहुन चेतावनी दिएको छ ।
कबिन्द्र नेपालमणिग्राम (रुपन्देही), जेठ ५ गते । नियमित रक्तदाता चुनावमा केन्द्रित हुँदा बुटवलमा रगतको अभाव सिर्जना भएको छ । रगत संकलनमा कम हुँदा १५ दिन यता बुटवलमा रगतको अभाव भएको हो । रक्त सञ्चार सेवा केन्द्र बुटवलमा दैनिक सरदर ७० युनिट रगतको माग छ । तर अहिले दैनिक ३० देखि ३५ युनिट मात्रै रगत संकलन भएको केन्द्रका प्राविधिक सत्यराज शाक्यले बताउनुभयो । त्यसमा पनि आवश्यक समूहको रगत संकलन हुन सकेको छैन । जसका कारण वितरणमा समस्या सिर्जना भएको छ । उहाँका अनुसार अहिले ‘ओ’ समूहको रगत पर्याप्त भए पनि त्यस बाहेक ‘ए’ ‘बि’ र ‘एबि’ समूहको रगतको अभाव छ । रक्तसञ्चार सेवा केन्द्र बुटवलमा रक्तदान गर्ने नियमित रक्तदाताहरु स्थानीय तहको निर्वाचनमा केन्द्रित हुँदा आवश्यकता अनुसारको रगत संकलन हुन सकिरहेको छैन । त्यस्तै कतिपय पहाडि जिल्लामा मतदान गर्न गएका फर्किसकेका छैनन् । निर्वाचन सकिए पनि मतगणना भइरहेकाले रगतको नियमित आपूर्तिको व्यवस्था मिलाउन अझै केही समय लाग्ने उहाँले बताउनुभयो । ‘चुनाव सकिए पनि मान्छेको ध्यान मतगणनामा केन्द्रित छ ।’ रक्त सञ्चार सेवा केन्द्रका प्राविधिक शाक्य भन्नुहुन्छ– ‘जितेका जितमा रमाईरहेका छन्, हारेका तनावमा छन्, यसलेगर्दा रगत संकलनलाई नियमित लयमा फर्काउन अझै केही समय लाग्न सक्छ ।’ माग अनुसारको रगत संकलन हुन नसक्दा रगत लिन आएकालाई त्यसै फर्काउनु परेको छ । केन्द्रकी अर्की प्राविधिक राधा शर्माले भन्नुभयो– ‘नियमित रक्तदान गर्ने रक्तदाता र संघसंस्थामा नेतृत्व गर्नेहरु पनि चुनावमा केन्द्रित भएकाले नियमित रगत संकलन हुन सकिरहेको छैन ।’ रतगको आपूर्तिलाई सहज गर्नको लागि बिहिबार संस्थाको १४ औं स्थापना दिवसको अवसरमा बुटवलमा सञ्चालित सजिलो बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम गरेको छ । जसमा सरदर ५० युनिट रगत संकलन भएको संस्थाका अध्यक्ष रामराज पाखे्रेलले बताउनु भयो ।रगतको अभाव भएपछि दुर्घटना, डायलाइसिस गर्नुपर्ने, गर्भवती महिला, हाहडजोर्नीको शल्यक्रिया, रक्तअल्पताका विरामीलाई समस्या भएको हो । नेपाल स्वयमसेवी रक्तदाता समाज रुपन्देहीले रगत नपाए बुटवल जानु भन्ने अभियान नै चलाएको थियो । जसका कारण डेंगुको महामारी, कोरोना महामारीका समयमा पनि बुटवलबाट काठमाण्डौ, चितवन लगायतका शहरमा रगत पठाइएको थियो । ‘त्यतीबेला रगत नपाए बुटवल जानु अभियान सञ्चालन गरेका हामीले नै अहिले रगतको अभाव भोग्नुपर्यो ।’ – नेपाल स्वयमसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहानले भन्नुभयो । नेपाल स्वयमसेवी रक्तदाता समाज र नेपाल मियमित संक्तदाता संघले रुपन्देहीमा नियमित रक्तदान कार्यक्रम गर्दै आएका छन् । त्यसबाहेक विभिन्न संघसंस्थाहरुले पनि रक्तदान गर्ने गरेका छन् । तर चुनाव हुनुभन्दा अगाडिदेखि ती संघसंस्थाका रक्तदानका कार्यक्रम प्रभावित भएको रक्तसञ्चार सेवा केन्द्र बुटवलका संयोजक कृष्ण पंगेनीले बताउनुभयो ।