• १३ साउन २०८१, आइतबार

गढी गाउँपालिकाको पनि नतिजा सार्वजनिक

blog

जयकृष्ण यादव 

इनरुवा, जेठ ५ गते । सुनसरीको १२ स्थानीय तहमध्ये गढी गाउँपालिकाको पनि नतिजा सार्वजनिक भएको छ । जिल्लाको दुई उपमहानगरपालिका धरान र इटहरी, चार नगरपालिका इनरुवा, रामधुनी, दुहवी र बराहक्षेत्रमा मतगणना जारी  छ । त्यसैगरी जिल्लाको कोशी, बर्जु र हरिनगर गाउँपालिकामा मतगणना जारी छ । 

यसबीचमा गढी गाउँपालिकामा नेकपा एमालेबाट अध्यक्षका उम्मेदबार आशनारायण चौधरी र उपाध्यक्षमा सोही पार्टीका उम्मेदबार अनिता कुमारी साह विजयी हुनुभएको छ ।

गढी गाउँपालिकाको अध्यक्षमा चौधरीले आठ हजार ९०१ मत सहित विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदबार महेश दत्तले पाँच हजार ३५० मत प्राप्त गरी पराजित हुनुभएको छ । यहाँ उपाध्यक्षमा साहले पनि काँग्रेसकै उम्मेदवार राजकुमारी चौधरीलाई फराकिलो मतान्तरले पराजित गर्दै जित हात पार्नुभएको हो । साहले  

सात हजार ८ सय १५ मत ल्याएर विजयी हुनुभएको छ भने नेपाली काँग्रेसकी राजकुमारी चौधरीले पाँच हजार ८ सय ३८ मत प्राप्त गरी जराजित हुनुभएको छ ।

यस पालिकामा यसअघि नेपाली काँग्रेसका श्रीप्रसाद यादवले जित निकालेर पाँच वर्षे कार्यकाल चलाउनुभएको थियो । उपाध्यक्षका उम्मेदवार पहिलो कार्यकाल चलाए पनि दोस्रो निर्वाचनमा दुई हजार बढी मतान्तरले पराजित हुनुभयो । गढी गाउँपालिकाको वडा नं. १ मा नेपाली काँग्रेसको प्यानल विजयी भएको छ भने त्यस वडामा बाहेक एमालेले सबैमा प्यानलै जित हासिल गरेको छ । यसअघि वडा नं. २, ३, ४, ५ र ६ मा एमालेका उम्मेदवारले जित हासिल गरेका छन् ।