• १३ साउन २०८१, आइतबार

बाणगङ्गा नगरपालिकाको प्रमुख र उपप्रमुख एमाले विजयी

blog

प्रमुख चक्रपाणी अर्याल र उपप्रमुख रीता चौधरी ।

नारद कोहार
तौलिहवा, जेठ ५ गते ।
कपिलवस्तुको बाणगङ्गा नगरपालिकाको प्रमुखमा नेकपा (एमाले)का चक्रपाणि अर्याल र उपप्रमुखमा रीता चौधरी विजयी हुनुभएको छ ।  अर्यालले १८ हजार ९९९ मत ल्याउनुभएको छ भने उपप्रमुख चौधरीले १९ हजार ३९९ मत ल्याउनुभएको हो ।

उहाँको निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका राजीव आचार्यले १८ हजार ३६० र उपप्रमुखमा तारावती चौधरीले १८ हजार ४६४ मत प्राप्त गर्नुभएको छ । नगरप्रमुख अर्याल ६३९ र उपप्रमुख चौधरी ९३५ मतले आफ्ना निकटतम प्रतिद्वन्द्वीलाई पछाडि पार्दै विजयी हुनुभएको हो ।