• १७ असार २०८१, सोमबार

मतगणनास्थलमा कुटिएर घाइते भएका शाहीको मृत्युु

blog

राजन रावत

हुुम्ला, जेठ ५ गते । खार्पुुनाथ गाउँपालिका केन्द्र याङ्चुु बजारमा मतगणनास्थल बाहिर कुटिएर घाइते भएका छत्तबहादुुर शाहीको मृत्युु भएको छ । उहाँको नेपालगञ्जस्थित नर्सिङ होममा उपचारका क्रममा मृत्युु भएको हो । 

गत वैशाख ३१ गते खार्पुनाथ गाउँपालिकाको केन्द्रमा मतगणना जारी रहेको बेला मतगणनास्थल बाहिर एमाले कार्यकर्तालाई नेपाली काँग्रेसका कार्यकर्ताले हमला गर्ने क्रममा तीन जना घाइते भएका थिए । तीन जना घाइतेमध्ये एक जना शाही गम्भीर घाइते भएपछि उहाँलाई सोही दिन हेलिकोप्टरबाट सुुर्खेत रिफर गरिएको थियो ।

उहाँको टाउकोमा चोट लागेको थियो । सुुर्खेतको प्रदेश अस्पतालले उपचार गर्न नसक्ने भन्दै दश बिघा अस्पतालमा रिफर गरेको थियो । दशबिघाले पनि नसक्ने भन्दै नेपालगञ्जको भेरी अस्पतालमा रिफर गरिएको थियो । भेरी घाइतेको शल्यक्रिया गर्ने उपकरण नभएको भन्दै नर्सिङ होम पठाएको थियो ।

घाइतेसँंगै जानुुभएका छोरा सागर शाहीले सुुर्खेतमा पनि उपचार हुन नसकेपछि घाइतेलाई नेपालगञ्जको नर्सिङ होममा उपचार गर्ने क्रममा चार दिनपछि उपचारकै क्रममा मृत्युु भएको बताउनुुभयो । बिहीबार मृतकको लाशको नर्सिङ होममा पोष्टमार्टम गर्ने कार्य भएको छ ।

शाहीको मृृत्युु भएको पुष्टि प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले गर्नुभयो । अन्य दुुई जनाको भने अस्पतालमै उपचार भइरहेको छ । मृृतकका आफन्तले सो घटनामा संलग्न नौ जना विरुद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरी हाल्नुुभएको छ । प्रहरीले जाहेरी आएको र अब घटनामा संलग्नको खोजी कार्य सुुरु भएको जनाएको छ ।