• १७ असार २०८१, सोमबार

सुनकोशीमा एमालेका टपिन्द्र र काँग्रेसकी कान्छीमाया विजयी

blog

सुनकोशी गापामा निर्वाचित अध्यक्ष टपिन्द्र तिमल्सिना र उपाध्यक्ष कान्छीमाया लामा


चित्र मिजार

सिन्धुपाल्चोक, जेठ ५ गते । सुनकोशी गाउँपालिका अध्यक्षमा नेकपा एमालेका टपिन्द्र तिमल्सिना र उपाध्यक्षमा काँग्रेसकी कान्छीमाया तामाङ विजयी भएका छन् । अध्यक्ष तिमल्सिनाले ५ हजार ९३२ मत र उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका श्रवणकुमार जिसीले ५ हजार ७९१ मत ल्याउनुभएको छ ।

उपाध्यक्ष कान्छीमाया लामाले ५ हजार ९०५ मत र उहाँकी निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)की दुर्गा थापाले ४ हजार ९७४ मत प्राप्त गर्नुभएको छ । राप्रपाकी लक्ष्मी गिरीले १३७ मत स्वतन्त्रका ज्ञानबहादुर बस्नेतले शून्य मत ल्याउनुभएको छ । उक्त पालिकामा नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) बीच गठबन्धन भएको थियो । 

गापा अध्यक्ष उम्मेदवार राप्रपाका देवीप्रसाद न्यौपानेले १३८ मत, एकीकृत समाजवादीका कुमार बिकले ३६ मत, मौलिक जिरोकिलो पार्टीका भुवन खत्रीले ६ मत, स्वतन्त्र (लालटिन) चिन्हका हरेराम कार्कीले ४ मत र नेपाली पार्टीका सुजन कार्कीले शून्य मत ल्याउनुभएको थियो । 

उक्त पालिकाको वडा नम्बर १ मा कुमार शाही, २ मा रामकुमार जिसी, ३ मा ईश्वर लामा, ४ मा भोजराज श्रेष्ठ काँग्रेसबाट र वडा नम्बर ५ जाल बहादुर लामा, ६ मा चक्र बस्नेत र ७ मा ईश्वर तिमल्सिना वडा अध्यक्षमा निर्वाचित भएका छन् ।