सत्ता गठबन्धनको बुधबार दिउँसो बसेको बैठकले नागरिकता विधेयकलाई अगाडि बढाउने निर्णय गरेको छ।
लेवनानको भ्रमणमा रहनुभएका नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले त्यहाँका राष्ट्रपति मिसेल औनसँग शिष्टाचार भेट गर्नुभएको छ।
बुटवल उपमहानगरपालिकाले आगामी वर्षका लागि नगरको नीति तथा कार्यक्रम ल्याएको छ । बुधबार बसेको नगरसभामा नगर प्रमुख खेलराज पाण्डेयले आगामी आर्थिक वर्ष २०७९–८० का लागि नगरको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।
निर्वाचन आयोगले स्थानीय तह निर्वाचन २०७९ मा उम्मेदवारले गरेको खर्च विवरण पठाउन सबै निर्वाचन कार्यालयहरुलाई निर्देशन दिएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बुधबार विज्ञप्ती जारी गर्नुहुँदै सो निर्देशन दिनुभएको हो ।
विर्तामोड, असार ८ गते। कृषकलाई कृषि पेशामा आकर्षित गर्नका लागि सामुदायिक वन उपभोक्ता वन समूह कनकाई नगरपालिकाले बुधबार कृषकलाई निःशुल्क हलो प्रदान गरेको छ। ३० घरपरिवार कृषकका लागि हलो बनाएर निःशुल्क प्रदान गरिएको वन समूहका कार्यवाहक अध्यक्ष दलबहादुर विश्वकर्माले जानकारी दिनुभयो। कृषि क्षेत्रमा बढ्दो यान्त्रिकरण भए पनि यस क्षेत्रमा भने परम्परागत रुपमा राँगा गोरुबाट समेत जोतेर खेती गर्ने परम्परा यथावत रहेको कनकाई नगरपालिका १ नम्बर वडाध्यक्ष सुशीलकुमार पोखरेलले जानकारी दिनुभयो। पछिल्लो समय इन्धनको बढ्दो मूल्यका कारणसमेत कृषक राँगा गोरुबाटै जोतेर खेती गर्नेक्रम बढेर गएको वन समूहका अध्यक्ष विश्वकर्माले बताउनुभयो। कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले कृषकलाई हलो प्रदान गर्नुभएको हो। हलो प्रदान गर्दै नगर प्रमुख पोखरेलले कृषकले हलो र गोरुको प्रयोग गरेर इन्धनको प्रयोग घटाउन र देशलाई व्यापार घाटा कम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।
सर्वोच्च अदालतको संवैधानिक इजलासले संवैधानिक पदाधिकारी नियुक्तिविरुद्धको रिटमा सक्कल फाइल मगाउने आदेश गरेको छ ।
जिल्ला प्रशासन कार्यालय धनुषामा कार्यरत नायब सुब्बा गणपति झाले जागिर अवधिमा चार करोड ८७ हजारभन्दा बढी गैरकानुनी सम्पत्ति आर्जन गरेको खुलासा भएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यलय काठमाडौंले काठमाडौंमा देखिएको हैजाको रोकथाम तथा नियन्त्रणका लागि छानबिन समिति गठन गरेको छ ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले ‘मेयर होस् त यस्तो होस’ भन्ने बनाउने गरी काम गरिरहेको बताउनुभएको छ । भरतपुर महानगरपालिका –७ मध्यबिन्दु टोलस्थित प्रेमबस्ती कभर्ड हलको शिलान्यस कार्यक्रममा बुधबार मेयर दाहालले सो कुरा बताउनुभयो ।
राष्ट्रियसभा बैठक स्थगित भएको छ । बुधबारको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले कोभिड–१९ सङ्कट व्यवस्था विधेयक, २०७८ सभा समक्ष पेश गर्नुभएको थियो ।
प्रतिबन्ध विपरीत सर्लाहीको लखन्देही खोलामा अवैध उत्खनन बढेको छ । असारदेखि भदौसम्म तीन महिना नदीजन्य पदार्थको उत्खनन् गर्न नपाइनेगरी प्रतिबन्ध लगाइएको थियो । तर लखन्देही खोलामा खुलेयाम रुपमा उत्खनन भइरहेको स्थानीयको भनाई छ ।
बुधबार पत्रकार सम्मेलन गर्दै बीएमसी र नोबेल मेडिकल कलेजले बीमाको रकम नपाएको भन्दै असार २० गतेबाट बीमा कार्यक्रम बन्द गर्ने घोषणा गरेका हुन् ।
बागलुङको बरेङ् गाउँपालिकाले स्थानीय रैथाने बालीको बीउ संरक्षणका लागि ‘बीज बैंक’ स्थापना गर्ने योजना सार्वजनिक गरेको छ । रैथाले बाली लोप हुँदै गएपछि गाउँपालिकाले आगमी आर्थिक बर्षदेखि ‘हाम्रो बिउ, हराउन नदिउँ’ अभियान सञ्चालन गर्ने कार्यक्रम सार्वजनिक गरेको हो । बिउ जोगाउने अभियान हरेक वडामा सञ्चालन गर्ने गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्माले बताउनुभयो ।
सरकारले काठमाडौंका ५ देखि १२ वर्षमुनिका एक लाख ९० हजार बालबालिकालाई कोभिड १९ विरुद्धको खोप लगाउने भएको छ ।
चीन सरकारको सहयोगमा पूर्वी नवलपरासीको गैंडाकोटमा ४२ वर्षअघि सञ्चालनमा आएको नेपालको सबैभन्दा ठूलो कागज कारखाना भृकुटी कागज कारखाना बन्द भएको करिब १२ बर्ष हुुनलाग्दा पनि सञ्चालनमा आउन नसक्दा कारखाना खण्डहर बन्दैगएको छ ।