• ७ जेठ २०८१, सोमबार

काठमाडौंका एक लाख ९० हजार बालबालिकालाई खोप लगाइने

blog

फाइल तस्बिर

काठमाडौं, असार ८ गते । सरकारले काठमाडौंका ५ देखि १२ वर्ष मुनिका एक लाख ९० हजार बालबालिकालाई कोभिड १९ विरुद्धको खोप लगाउने भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले बुधबार पत्रकार सम्मेलनमार्फत असार ९ गतेदेखि सुरु हुने खोप अभियानमा काठमाडौंभित्रका एक लाख ९० हजार बालबालिकालाई खोप फाइजर–बायोएनटेक खोप लगाउन लागेको जानकारी दिएको हो ।  

कार्यालयका प्रमुख वसन्त अधिकारीले काठमाडौंभित्र १३ सय खोप केन्द्र स्थापना गरिएको जानकारी दिनुभयो । उक्त खोप ९१ प्रतिशत प्रभावकारी भएकाले बालबालिकालाई ढुक्क भएर लगाउन अधिकारीले आग्रह गर्नुभएको छ ।

उहाँले भन्नुभयो, “डब्लुएचओ र औषधि व्यवस्था विभागले स्वीकृति दिइसकेको छ । अध्ययनहरुले खोप ९१ प्रभावकारी देखाएकोले खोप सुरक्षित भएकाले ढुक्क भएर खोप लगाउन  आग्रह गर्छु ।”

उक्त खोप २१ दिनको फरकमा दुई मात्रा लगाउनुपर्ने हुन्छ । सरकारले पहिलो चरणमा असार ९ देखि १५ गतेसम्म २७ वटा जिल्लामा खोप अभियान सञ्चालन गर्दैछ । दोस्रो चरणमा ५० जिल्लामा ५ देखि ११ गतेसम्म खोप अभियान सञ्चालन हुनेछ ।

पाँच वर्षभन्दा कम र १२ वर्षभन्दा बढी उमेरकोले, पहिलो मात्रा खोप लगाएर कुनै गम्भीर प्रकारको एलर्जी भएमा, कोभिड भएका, गम्भिर बिरामी  भएका वा उच्च ज्वरो आएका इम्युनोग्लोबुलिन, कन्भलेसेन्ट पज्मा उपचारमा बस्नुभएका बिरामीलाई खोप नलगाउन चिकित्सकको आग्रह छ ।