• ७ जेठ २०८१, सोमबार

हैजाको रोकथाम तथा नियन्त्रणका लागि पाँच सदस्यीय छानबिन समिति गठन

blog

काठमाडौं, असार ८ गते । जिल्ला जनस्वास्थ्य कार्यलय काठमाडौंले काठमाडौंमा देखिएको हैजाको रोकथाम तथा नियन्त्रणका लागि छानबिन समिति गठन गरेको छ ।

जनस्वास्थ्य कार्यलयका अधिकारी रामकृष्ण फुयालको संयोजकत्वमा पाँच सदस्यी छानबिन समिति गठन गरेको जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

काठमाडौंमा हैजा पुष्टि भएको कारण पत्ता लगाउन समिति गठन भएको फुयाँलले जानकारी दिनुभयो ।

हैजा पत्ता लागेका ठाउँबाट जार, ट्युबेल, धारको पानीको नमुना सङ्कलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका लागि पठाएको फुयालले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हैजा के कारणले पत्ता भयो, भनेर समिति गठन भएको हो हैजा लागेका ठाउँबाट जार, ट्युबेल, धारको पानीको नमुना सङ्कलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका लागि पठाएका छौँ, बेलुकासम्म नतिजा आउँछ ।” हालसम्म काठमाडौंमा चार जनामा हैजा पुष्टि भएको छ ।