• १९ असार २०८१, बुधबार

भृकुटी कागज कारखाना : स्थानान्तरणको माग

blog

खण्डहर बन्दैगएको भृृकुुटी कागज कारखाना । तस्विर : होमराज रानाभाट

होमराज रानाभाट 

गैंडाकोट, असार ८ गते । चीन सरकारको सहयोगमा पूर्वी नवलपरासीको गैंडाकोटमा ४२ वर्षअघि सञ्चालनमा आएको नेपालको सबैभन्दा ठूलो कागज कारखाना भृकुटी कागज कारखाना बन्द भएको करिब १२ वर्ष हुुनलाग्दा पनि सञ्चालनमा आउन नसक्दा कारखाना  खण्डहर बन्दैगएको छ ।  

२०३७ देखि सञ्चालित यो कारखाना २०४८ सालमा सरकारले निजीकरण गर्ने नाउँमा गोल्छा अर्गनाइजेशनलाई ३० करोड ९८ लाखमा बिक्री गरेपछि निजीस्तरमा सञ्चालनमा आएको भृकुुटी कागज कारखाना २०६७ मा बन्द भएपछि यसका करोडौंका सामानहरु नष्ट भएर जान थालेको छ भने अहिले भृकुुटी कागज कारखाना खण्डहर जस्तै बनेको भृकुुटी कागज कारखाना सरोकार समितिका संयोजक सामाजिक अभियन्ता वेदप्रसाद गौडेलले बताउनुभयो । 

गैंडाकोट नगरपालिकाका २ मा राजमार्गसँगै जोडिएको स्थानमा रहेको यो कारखाना २०६७ देखि बन्द हुँदा अहिले खण्डहर बनेको छ र यसको दीर्घकालीन समाधान खोज्न भृकुुटी कागज कारखाना सरोकार समिति गठन गरी स्थानान्तरणमा ध्यान दिन स्थानीय सरकार, सङ्घीय सरकार, प्रदेश सरकार र गोल्छा अर्गनाइजेशनलाई ध्यानाकर्षण गराइएको संयोजक गौडेलले बताउनुभयो ।  

खण्डहर बनेको भृकुुटी कागज कारखानाभित्र अजिङ्गर, विषालुु सर्प, स्याल लगायतका जन्तुु जनावरको वासस्स्थान र कुुलतमा लाग्ने युुवायुुवतीको अखडा बन्दैगएको स्थानीयको भनाइ छ । स्थानान्तरणमा विशेष ध्यान दिन आग्रह गरिएको सरोकार समितिका कोषाध्यक्ष हरिराम सापकोटाले बताउनुुभयो ।

सरोकार समितिले भृृकुुटीको स्थानान्तरणलाई मुुख्य मुुद्दा बनाएर स्थानीय सरकारलाई ध्यानाकर्षण गराएको बताएको छ । कुरुप र खण्डहर बनेको भृकुटी कागज कारखानाका कारण स्थानीयलाई समस्या परेको भन्दै समितिले गैँडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारी, उपप्रखुख शान्ति कोइराला, गैँडाकोट २ का वडाध्यक्ष प्रकाश सापकोटाको ध्यानाकर्षण गराएको छ । 

गैँडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले भृकुटी कागज कारखानाको बारेमा नगरसभामा छलफल गरी साझा एजेन्डा तय गरिने बताउनुभयो । भृकुटीमा रहेका पुराना संरचना, ग्यास र जस्तापाता लगायतले नागरिकलाई असर पर्न नदिने गरी काम गर्ने नगरप्रमुुख अधिकारीले बताउनुभयो । साथै, प्रदेश र केन्द्र सरकारलाई पनि स्थानीय सरकारबाटै यसबारे अवगत गराउने उहाँको भनाइ छ । 

नगर उपप्रमुख शान्ति कोइरालाले खण्डहर बनेको भृकुटी कागज कारखानाको ठाउँमा माटो सुहाउँदो नगर बनाउने वातावरण बनाउनुपर्ने बताउनुभयो । जीर्ण अवस्थाको भृकुटी कागज कारखाना गैँडाकोटको वडा २, ५ र ६ सहित ५६ विघा क्षेत्रफलमा फैलिएको छ । घना झाडी, हानिकारक रसायनहरु समेत रहेका भृकुटी स्थानीयको सुरक्षाका लागि खतरा बन्दैगएको सरोकार समितिका सदस्य नारायण सापकोटाले बताउनुुभयो ।

स्थानीयको शान्ति सुरक्षामा समेत संवेदनशील क्षेत्रको रुपमा विकसित बन्दैगएको, हत्या हिंसा, लागुपदार्थ, विकृतिको अखडा बन्न सक्ने देखिएकाले यसको सरसफाइ गरी सुन्दर गैँडाकोट बनाउन आवश्यक रहेको सरोकार समितिका सचिव गोविन्द सुवेदीले बताउनुभयो । 

भृकुटी कागज कारखानाभित्र क्लोरिन सिलिण्डर रहेको र त्यो विस्फोट भएमा गैँडाकोट नै ध्वस्त हुने भन्दै स्थानीयले सफाइको माग गरेको संयोजक गौडेलले बताउनुभयो । भृकुटीको अवस्था गतिशील नभएकाले राजस्व र कागज उत्पादनमा सहयोग नभएको गैँडाकोट उद्योग वाणिज्य सङ्घ नवलपुरका महासचिव छवि कँडेलले बताउनुभयो । व्यवस्था र नीतिअनुसार काम गर्न सक्र्नुपर्ने तर भृकुटीले गर्न नसकेको उहाँको भनाइ छ ।

कुनै समय कागज कारखानामा उत्पादित कागज अन्तर्राष्ट्रिय बजारमा विक्री हुन्थ्यो । अहिले भृकुटी कागज कारखानाको जीर्ण संरचना गोल्छा समूहको स्वामित्वमा छ । खण्डहर बनेको भृकुटी कागज कारखानाभित्र दिउँसै भित्र जानसक्ने अवस्था नरहेको स्थानीयको भनाइ छ । भृृकुुटी कागज कारखानामा कार्यरत ३४० मजदुुरले कारखाना बन्द हुुँदा पाउनुपर्ने करिब दश करोड रुपियाँ अहिलेसम्म पाउन नसकेका स्थानीय मजदुुर होमनाथ कँडेलले बताउनुुभयो । 

मजदुुरहरुले सो रकम पाउन पटक पटक आन्दोलन गरेपछि रकम भुक्तान गर्ने कारखाना व्यवस्थापनले सहमति गरे पनि रकम बुुझाउन सकेको छैन ।