जीवछ यादव
लहान, कातिक २० गते । कार्तिक मेला माध्यमिक विद्यालयस्तरीय हाजिरी जवाफ र सांस्कृतिक कार्यक्रम गरेर सम्पन्न भएको छ ।
सखुवानन्कारकटि वडा नम्बर ३ शान्तिनगर बजारको १२ औं वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको कार्तिक मेला माध्यमिक विद्यालय स्तरीय हाजिरीजवाफ र सांस्कृतिक कार्यक्रम गरेर सम्पन्न भएको हो ।
बाह्र वर्ष अघि स्थानीयको सक्रियतामा लगाएको शान्तिनगर बजारमा प्रत्येक वर्ष कार्तिक पूर्णिमाको दिन विद्यालयस्तरीय हाजिरीजवाफ र सांस्कृतिक कार्यक्रम मेलाको रौनक प्रतियोगिता र विद्यार्थीहरूले नै गर्ने सांस्कृतिक कार्यक्रमको रौनकता प्रत्येक वर्ष बढ्दो क्रममा रहेको शान्तिनगर बजार समितिका अध्यक्ष रामनारायण यादवले बताउनुहुन्छ ।
बजार स्थापना भएकै वर्षदेखि कार्तिक पूर्णिमाको अवसरमा मेला हेर्न आउने स्थानीयले आफ्नै बालबालिकाले गर्ने सांस्कृतिक कार्यक्रम र हाजिरीजवाफ हेरेर मनोरञ्जनसँगै शिक्षा र चेतना प्रवाह भइरहेको मेला हेर्न आएका स्थानीयले सुनाए ।
सखुवानन्कारकटि शिक्षा शाखाका प्रमुख भोगेन्द्रप्रसाद यादवले यस पालिकामा रहेका चारवटै माध्यमिक विद्यालयका विधार्थीहरु बिच भएको प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय स्थान प्राप्त गर्ने विद्यार्थीहरूलाई शैक्षिक सामग्री पुरस्कारमा दिएर हौस्याउने कार्य भइरहेको बताउनुभयो ।
शान्तिनगर बजारको व्यवस्थापनको लागि बजारमा सार्वजानिक शौचालय र पक्की सडक निर्माणका लागि आफू मधेश प्रदेशसभाको सदस्य रहेको बेलामा विकास गरिएको पूर्व प्रदेशसभा सदस्य अशोककुमार यादवको भनाइ छ ।
लहान नगरपालिकादेखि पाँच किलोमिटर दक्षिणमा लाग्ने शान्तिनगर बजार बाह्र वर्षमा नै यस अवस्थामा आइपुग्नु र विकासको गति लिइनुले दक्षिण भेगका एक दर्जनभन्दा बढी ग्रामीण भेगका किसानहरू तरकारी खेती धान र गहुँ खेतीका लागि आकर्षित भएका छन ।
यसैगरी, वैदेशिक रोजगारबाट आउने आधा दर्जन युवाहरू व्यापार व्यवसायमा लागेर आत्मनिर्भर भएको गाउँपालिका अध्यक्ष केदारनाथ यादवले खुसी व्यक्त गर्नुभयो ।
शान्तिनगर बजार स्थापनाको लागि महदेवा पोर्ताहाको पूर्व गाउँ विकास अध्यक्ष रामनारायण यादव, शिक्षकद्वय बेचन यादव,भोगेन्द्रप्रसाद यादव, स्वर्गीय राजलाल यादव, स्थानीय राम उदगार यादव, समाजसेवी यदुनन्दन यादव ,नेपाली काँग्रेसका पुराना नेता सूर्यनारायण यादव लगायतले महत्वपूर्ण भूमिका खेलेकाे प्रशंसा गर्दै हाजिरी जवाफ प्रतियोगिता र सांस्कृतिक कार्यक्रम सम्पन्न गरिएको थियो ।