• १३ साउन २०८१, आइतबार

‘मेयर होस् त यस्तो होस’ बनाउँछु : दाहाल

blog

शालिग्राम नेपाल 

चितवन, असार ८ गते । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले ‘मेयर होस् त यस्तो होस’ भन्ने बनाउने गरी काम गरिरहेको बताउनुभएको छ । भरतपुर महानगरपालिका –७ मध्यबिन्दु टोलस्थित प्रेमबस्ती कभर्ड हलको शिलान्यस कार्यक्रममा बुधबार मेयर दाहालले सो कुरा बताउनुभयो । 

भरतपुरबासीको चाहाना तीव्र विकास, सुशासन, पारदर्शिता रहेकाले विगतको अनुभवका आधारमा यो पाँच वर्षे काम गर्ने उहाँले प्रतिवद्धता जनाउनुभयो । ‘सबै पक्षले मलाई अत्यधिक मत दिनुभएको छ, उहाँले भन्नुभयो, ‘यसका लागि म ऋणी छु । यो मेरो अन्तिम कार्यकाल हो । मैले चाहेर पनि फेरि मेयर हुन पाउँदिन । सकेको राम्रो गर्नेछु ।’

विकासका लागि महत्वकांक्षी भएकैकारण पहिलो कार्यकालमा भरतपुरमा सोचेकोभन्दा बढी बजेट ल्याउन र विकास गर्न सकेको उहाँले स्मरण गर्नुभयो ।  ‘विकासका लागि महत्वकांक्षी हुनुपर्छ’, उहाँले भन्नुभयो, ‘महत्वकांक्षी नभएर पनि हुँदैन । हुटहुटी हुनुपर्छ, सक्रिय हुनुपर्छ । चुप लागेर माथिबाट आएको बजेटको भर परेको भए यति विकास हुने थिएन ।’

मेयर दाहालले दोस्रो कार्यकालका लागि निर्वाचनको मत परिणाम नआउँदै भरतपुरको विकास बारेमा चिन्तित भई राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलसँग कुराकानी भएको बताउनुभयो ।